Subscribe Us

आईजीको राजीनामा माग्ने नबिना बिरुद्ध उत्रिए दिपेश,
बजार विज्ञापनको आरोप

काठमाडौं । काभ्रेका केही आपराधिक समुहलाई संरक्षण गर्दै आएकी सांसद नबिना लामा नेपाल प्रहरीका आईजीपी सर्बेन्द्र खनाल बिरुद्ध योजनाबद्ध बिरुद्ध लागेको खुलासा भएको छ । 

गत महिना महानगरीय अपराध महाशाखाले गुण्डा नाईके सत्यमान लामालाई पक्राउ गरी आबाश्यक मुद्दा चलाएपछि सांसद नबिना प्रहरी बिरुद्ध खनिएकी थिईन । 

गुण्डा नाईके लामालाई महाशाखाले गुण्डागर्दी गरेको आरोपमा अदालतबाट म्याद थप गरी थप अनुसन्धान गर्न थालपछि सत्यमान छुटाउन सांसद लामा हात धुएरै लागेकी थिईन । यसको लागी उनले नेपाल प्रहरीका आईजी खनाल देखी गृहसचिव प्रेम राईलाई समेत दबाब दिएको समाचार बाहिरिएको थियो । 

तर उनको सपना पुरा नभएपछि अहिले लामा आईजी परिपर्तन नै गर्ने खेलमा लागेको उनी निगट बताउँछ । खेल अन्र्तगत सांसद लामा बिहीबार गृह मन्त्रालयमा पुगेर आइजिपी खनालको बर्खास्तको  माग गरिन् ।अनेरास्ववियुकी अध्यक्षसमेत रहेकी सांसदले विद्यार्थी संगठनको बदनाम गर्दै प्रहरी प्रमुखको बर्खास्त माग गरेकी हुन् । आफुले भनेको नमानेपछि विद्यार्थी संगठनकै नाममा उनले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएकी हुन् ।

आइजिपीको बर्खास्त माग गरेलगत्तै अधिकांशले उनलाई सामाजिक संजालमा ‘उडाएका’ छन् । काठमाडौं परिसरबाट छुटे लगग्तै लामालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो । डलरको अबैध कारोबार गरेको आरोपमा पक्राउ परेका लामालाई छुटाउन फेरि  सांसद लामा एसएसपी धिरजप्रताप सिंहसमक्ष पुगेकी थिईन ।

तर एसएसपी सिंहले छाड्न नमिल्ने भन्दै सांसद लामालाई गाली गरी पठाएको समाचार बाहिरेको थियो । सत्तारुढ दलकै विद्यार्थी संगठनका नेताहरुले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग्दै गृहमन्त्री रामबहादुर थापा “बादल”लाई ज्ञापनपत्र बुझाएपछि त्यसप्रति विद्यार्थी नेता तथा उपराष्ट्रपतिपूत्र दिपेश पुनले कडा आपत्ति जनाएका छन् । 

उनले फेसबुकमा स्टाटस लेख्दै आफ्ना नेताहरुको कार्यलाई “सस्तो लोकप्रियता” र “बजार विज्ञापन”को संज्ञा दिएका छन् ।
तत्कालीन अखिल (क्रान्तिकारी) का उपाध्यक्ष समेत रहेका दिपेशले आफ्ना साथीहरु प्रतिपक्षभन्दा पनि बढी प्रतिपक्षी भएको आरोप लगाएका छन् । 

उनले दुबै विद्यार्थी संगठनको आधिकारिक छलफल, बैठक र निर्णयबिना केही साथीहरु प्रतिपक्षभन्दा पनि बढी प्रतिपक्ष भएर हल्काफुल्कारुपमा प्रहरी महानिरीक्षकको राजीनामा मागेको आरोप लगाएका छन् ।

सरकारविरुद्व चोतर्फी घेराबन्दी भइरहेको बेला नेपाल सरकारको मेरुदण्ड नेपाल प्रहरी संगठन प्रमुखको राजीनामाको मागपत्र बुझाइएकोमा उनले आपत्ति जनाएका छन् । यसलाई उनले “काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर” भनेका छन् । “यो दुईचार दिनको सस्तो लोकप्रियता र बजार विज्ञापन बाहेक केही होइन”, उनले भनेका छन् ।

 दुबै विद्यार्थी संगठनका अध्यक्षहरु नविना लामा र रञ्जित तामाङको नेतृत्वमा आजै विद्यार्थी नेताहरुले गृहमन्त्री रामबहादुर थापा “बादल”लाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा प्रहरी महानिरीक्षक खनालको राजीनामा माग गरिएको थियो ।

Post a Comment

0 Comments