Subscribe Us

एसपी सिंहका आदेश नमान्दा अख्तियारको फन्दामा बौद्धका डिएसपी

काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राई एक लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ । 

उनी पक्राउबारे थप विवरण आउन बाँकी छ । एक साता देखी नै डिएसपी राईलाई काठमाडौं परिसरका एसपी अशोक सिंहले सचेत गराएका थिए भने आईजी सर्बेन्द्र खनालले पटक पटक गाली गरेका थिए । राईको कार्यशैली चित्तबुझ्दो नभएको र धेरै घुस खोरी भएको उजुरी आईजी सचिवालयमा परेको थियो । 

पटक पटक आईजीले सचेत गराउँदा समेत डिएसपी राईले गृहमन्त्री रामबाहादुर थापा र गृहसचिप राईको आडमा बौद्धमा मनपरी गर्दै आएका थिए । यसको सुँईको अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले पाएपछी आयोगका कर्मचारी राईको पिछा लागेका थिए । यसको सुँईको काठमाडौं परिसरका एसपी अशोक सिंहले पाएका थिए । 

सिंहले एक साता देखी नै राईलाई अख्तियारको टोली हातमा पैसा लिएर घुमेको छ सचेत रहनु भन्दै सम्झाएका थिए । तर राईले त्यसको प्रभा नगरी असुली धन्दालाई निरन्तर्ता दिदा उनि अख्तियारको फन्दामा परेका हुन । 

Post a Comment

0 Comments