Subscribe Us

अमेरीकाको भ्रमण रद्ध गरेर निर्मला हत्यारा खोज्दै एआईजी बस्न्यात

काठमाडौं । बलात्कार पछि हत्या गरिएको कंचनपूरकी निर्मला पन्तको अनुसन्धानमा जुटेको प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) धिरु बस्न्यातको सिफारिसमा थप दुई प्रहरी निलम्बनमा परेका छन् । 

अनुसन्धानमा गंभिर लापरवाही गरेको भन्दै प्रहरी नायब निरक्षक हरिसिंह थामी र प्रहरी जवान चांदनी साउदलाई निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

अमेरिकाको पूर्वनिर्धारित कार्यक्रमको समेत भ्रमण रद्ध गरेरै कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन जुटेका यतिखेर एआईजी बस्न्यात लागेका  छन् ।

नागरिक सुरक्षामा सरकारलाई नै चुनौति दिँदै जबरजस्ती करणी पछि भएको बिभत्सपूर्ण हत्याको अनुसन्धान छानविनको कमाण्ड सम्हालेका एआईजीपी बस्न्यातले अमेरिका स्थित फ्लोरिडा राज्यमा भईरहेको १२५ औं अन्तराष्ट्रिय प्रहरी प्रमुख संघको सम्मेलनमा जाने कार्यक्रम छोडेका हुन । 

अक्टोबर ६ देखि ९ सम्म भईरहेको सो कार्यक्रममा सहभागिताका लागि छानबिन समितीको नेतृत्व लिनु अघि नै बस्न्यातको नाम सिफारिस भई मन्त्रिपरिषदले समेत स्विकृती दिईसकेको थियो ।

साउन १० गते भएको घटनाको छानबिनका लागि बनेको समितीको नेतृत्व परिवर्तन गर्दै हत्या भएको ५१ दिन पछि भदौ ३१ गते सरकारले सो समितीको नेतृत्व सुम्पिएसंगै एआईजीपी बस्न्यात अहोरात्र छानबिनमा लागिरहेका छन् । संगठनमा एआईजी बस्न्यातलाई काबलि अधिकारीका रुपमा लिईन्छ । 

Post a Comment

0 Comments