Subscribe Us

गाउँको सेवामा कटिबद्ध छु : सांसद दवाडी


गोरखा ३ मंसीर । नेपाली काँग्रेस गोरखा क्षेत्र नं २ प्रदेश (ख)का सांसद प्रकाशचन्द्र दवाडीले गाउँको सेवामा आफु कटिबद्ध रहेको बताउनुभएको छ ।

सांसद दवाडी सुलिकोट गाउँपालिका–४ भण्डारीगाँउ बारपाक, सौरपानी, कुलगाउँलगायतमा घुम्दै आफु गाँउको सेवा गर्न प्रतिवद्ध रहेको बताउनुभएको हो । “गाउँका जनताको जनमतबाट म सांसद बनेको हुँ, तपाईँहरुको मतको अपमान हुन दिन्न,”–उहाँले भन्नुभयो ।

सांसद दवाडीले सरकारले सडक विस्तारलाई प्राथमिकता नदिएसम्म मुलुकको विकास सम्भव नभएको बताउनुभयो । सडकको विस्तारले नै गाउँको विकास सम्भव रहेको उहाँको भनाई थियो ।

सुलिकोट, अजिरकोट र सिरानचोक गाउँपालिकाका जनताको मतबाट सांसद बन्नुभएका दवाडीले सांसद भएवापत पाउने सेवा सुविधा समाजसेवामा खर्च गर्दै आउनुभएको छ ।

Post a Comment

0 Comments