Subscribe Us

एसियाकै उत्कृष्ट नमुनाः क्लब फरेनहाइट ठमेलमा


काठमाडौँ ६ मंसीर । पर्यटकहरुको मनमुटमा बसेको ठमेल क्षेत्र जति बेला गए पनि रमाइलो । आफूले भनेको जस्तै सेवा सुविधाले पोख्त । आफूले भनेकै आइटमका खाना र डिसहरु पाइने । नेपालको ह्यान्डीक्राफ्ट र नेपाली हातेबुनाका सामानहरु बिक्री तथा वितरण हुने क्षेत्र । होटेल तथा रेस्टुरेन्टहरुको र्बोडले ताङिगएका भित्ता । यिनै मध्ये एउटा हो, क्लब फरेनहाइट । त्यसैमा रेस्टुरेन्ट पनि रहेको छ । पर्यटकहरुलाई उजागर गर्ने नयाँ उपाय र नयाँ सोचका साथै ।
ठमेलको ड्रिम अफ गार्डेनको आडमा रहेको साँघुरो गल्लीको भित्तामै ठूल्ठूला अक्षरले लेखिएको क्लब फरेनहाइट जुन कुनै पनि साक्षरले पढ्न सक्छन् ।
‘क्लब’ भन्नेबित्तिकै सबैजना हुरुक्कै र दंग पनि पर्छन् । आफ्नै अगाडि यत्रो ठूल्ठूलो आँखाले देखेर नजाने त कुरै भएन । त्यसैले सो गल्ली छिरेका सबैजना त्यहाँ एकपटक पुगेरै आएका हुन्छन्, क्लब फरेनहाइटका सञ्चालक विश्व पुरी । जो भर्खरका होनहार र जोसिला युवा देखिन्थे । तर उनीमात्रै यसका सञ्चालक भने होइन, उनका अरु दुई सहपाठीहरु पनि छन् । सबैजना टुरिजम सेक्टरकै हुन् । त्यसैले पर्यटकलाई रिझाउन कस्तो कुराहरुको आवश्यकता छ भनेर बुझेका छन् । उनी भन्छन्, यो म एक्लैले गर्न सक्ने काम पनि होइन ।
“अहिलेका युवापुस्तालाई पनि काम मात्र गर्ने शोक छैन । कामको साथसाथै मनोरञ्जन पनि चाहन्छन् । तर पहिलेको जस्तै तरिकाले भने होइनन् । नयाँ तरिका र नयाँ किसिमका । यस्तै छुटै मनोरञ्जन दिने प्रयासको उद्देश्यले नै यो क्लब खोलिएको हो । पर्यटकहरु साथसाथै नेपालीहरुको पनि घुँइचो लाग्छ ।” सञ्चालक पुरी फेरी भन्छन्, हामीले सञ्चालनमा ल्याएको यो क्लब नेपाल अधिराज्य भरिका लागि नमुना क्लब र एसियाकै उत्कृष्ट हो । त्यसैले यहाँ सेलिब्रेटीहरुको आवतजावत भइरहन्छ । कहिले सुटिङ त कहिले मनोरञ्जन गर्नका लागि ।
क्लब फरेनहाइट भने खोलेको भर्खरै तीन महिना पुगेको छ । विदेशबाट नै सबै लाइट, जेभेल कम्पनीको पहिलो सिरिजको साउड सिस्टमहरु ल्याएर बनाइएको हुनाले यस क्लबमा धेरैजसो विदेशी डि.जे. हरु नै बोलाइने गरिएको छ । बेलुका ८ देखि १२ को बीचमा डि.जे. सहितको लाइभ म्युजिक हुन्छ भने १२ देखि बिहान ५ सम्म क्लब चल्ने गर्दछ । दुईतल्लाको क्लबमा दैनिक ५ देखि ७ सयको भीड भइनै रहेको हुन्छ । तर १५ सय सम्मको क्षमता रहेको छ । यस क्लबको मात्रै ९ हजार स्क्वार फिट र बाहिर रेष्टुरेन्टको ३७ स्क्वार फिट रहेको छ । बेकरी र कफी सप भने २४ सै घण्टा पनि पाइन्छ ।
५ हजार जनालाइ फ्रेस एयर, फायर फाइटिङ, साथमा भिआइपी रुम, सेलिब्रेटी रुम तथा मेकअप रुपको पनि व्यवस्था रहेको यो एकदमै नयाँ प्रविधिले बनेको क्लब हो । साथै अरुभन्दा शान्त वाताारण र सरकारको नियमलाई पनि ख्याल गर्दै सैद्धान्तिक ढङ्गले खोलिएको क्लबमा १८ वर्ष मुनिकालाई प्रवेश निषेध गरिएको छ ।
यिनै राम्रो सेवा सुविधा भएकै कारण विभिन्न कलेजहरुले पनि यतै फेरवेल तथा वेलकम कार्यक्रमहरु पनि गर्ने गरेका छन् । पार्किङको लागि पनि सँगै रहेको छाया सेन्टरमा व्यवस्था गरिएको छ । हामीले नेपालमा अझ बढी पर्यटकहरु कसरी भित्र्याउन सकिन्छ भनेर विदेश भ्रमण गर्दा बुझेर यो क्लब सञ्चालनमा ल्याइएको हो । सञ्चालक पुरी भन्छन्, क्लबमा मानिसहरु कुल हुन आएका हुन्छन् । आफ्नो दुखलाई केही पल बिर्सिएर खुसी खोज्न आउँछन् । जुन हाम्रो क्लबले हरेक ग्राहकलाई दिइरहेको छ ।
उक्त क्लबले यसको अलावा रेस्टुरेन्टको पनि खोल्ने योजनाका साथै यही हप्तामा ओपनिङ गर्ने भएको छ । पर्यटकहरुको लागि विशेष लक्षित गरेर थकाली र विदेशी (चाइनिज, मेक्सिकन आदि) मल्टीफुडको व्यवस्था रहेको छ । खानाहरुको लागि पनि आयोजकले थकालीका लागि थकाली कुक नै मगाएका छन् । र विदेशी खानाको लागि भने ५ स्टार होटेलका कुकहरु नै रहेको छ । यस्तै सर्भ गर्नका लागि वटेर पनि राम्रै छानिएको छ । यसैले गर्दा अहिलेसम्मका सबै ग्राहकहरुले राम्रो सुविधा र व्यवहार गरिएको नतिजा सुन्नमा पाइएको सञ्चालकहरु बताउँछन् ।

Post a Comment

0 Comments