Subscribe Us

काङ्ग्रेस कोषाध्यक्षको राष्ट्रिय भेला धादिङमा हुने


काठमाडौँ, ९ मङ्सिर । नेपाली काङ्ग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय भेला धादिङको गजुरीमा हुने भएको छ ।

कोषाध्यक्षको राष्ट्रिय समितिको आज बसेको बैठकले आगामी मङ्सिर १४ र १५ गते धादिङको गजुरी गाउँपालिकामा भेला गर्ने निर्णय गरेको हो ।

कोषाध्यक्षको राष्ट्रिय समितिका अध्यक्ष एवं काङ्ग्रेस काठमाडौँका कोषाध्यक्ष गोविन्द पुडासैनीले आगामी मङ्सिर २८ देखि पुस ३ गतेसम्म हुने महासमितिको बैठकमा दिने राय सुझाव र सल्लाहबारे छलफल गर्न गजुरी गाउँपालिकाको घाटबेंसीमा भेला आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

काङ्ग्रेस तनहुँका कोषाध्यक्ष रेशम गुरुङले पार्टीलाई सशक्त ढङ्गले अगाडि बढाउँदै पार्टीभित्र रहेको गुटउपगुटको अन्त्यका लागि भेला महत्वपूर्ण हुने बताउनुभयो । भेलामा मुलुकभरका काङ्ग्रेस जिल्ला कोषाध्यक्षलाई आमन्त्रणसमेत गरिसकेको उहाँले जानकारी दिनुभयो ।

कोषाध्यक्षको राष्ट्रिय समितिको आयोजनामा हुने उक्त भेलाको नेपाली काङ्ग्रेस धादिङले संयोजकको भूमिका निर्वाह गर्नेछ । भेला आयोजना गर्नेबारे नेपाली काङ्ग्रेस धादिङ जिल्ला समितिको बैठकलेसमेत निर्णय गरिसकेको धादिङ काङ्ग्रेसका कोषाध्यक्ष बाबुकृष्ण सापकोटाले जानकारी दिनुभयो ।

यसअघि देशभरका कोषाध्यक्षको पहिलो राष्ट्रिय सम्मेलन काठमाडौँ र दोस्रो राष्ट्रिय सम्मेलन नुवाकोटमा सम्पन्न भइसकेको जनाएको छ ।

Post a Comment

0 Comments