काठमाडौँ, १४ मङ्सिर । दोस्रो दक्षिण एशियाली यु–२१ ब्याडमिन्टन च्याम्पियनसिप २०१८ को मिक्स टिम स्पर्धामा भारतले उपाधि हात पारेको छ ।

हलचोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा आज भएको फाइनल खेलमा भारतले नेपाललाई ३–१ ले पराजित गर्दै उपाधि हात पारेको हो । भारत अघिल्लो संस्करणको विजेता हो । त्यस्तै प्रतियोगितामा नेपाल दोस्रो बन्यो ।

नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा भारतले महिला एकल, पुरुष युगल तथा महिला युगलमा नेपाललाई पराजित ग¥यो । पुरुष एकलमा भने नेपालले भारतलाई पराजित ग¥यो ।

बेष्ट अफ फाइभको खेलमा पुरुष एकलमा नेपालका नवीन श्रेष्ठले भारतका प्रियान्सु रजावतलाई २१–१२ र २१–१७ ले पराजित गरे । अन्य खेलमा नेपालका खेलाडीले लय समात्न सकेनन् । महिला एकलमा नेपालकी रशीला महर्जन भारतकी माल्भिका बासोदसँग २१–८ र २१–५ ले पराजित भइन् ।

यस्तै पुरुष जोडीमा नवीन र प्रिन्स दाहालको जोडीले भारतका विष्णुबर्दन गाउड पञ्जला र ध्रुव रावतको जोडीलाई २१–१५ र २१–१७ अङ्कको जित सुम्पे । अर्को खेलमा महिला जोडीतर्फ नेपालका जेशिका गुरुङ र रञ्जना भट्टको जोडी भारतका खेलाडी पूर्वा बार्भे र तानिशा क्राष्टोसँग २१–५ र २१–५ ले पराजित हुँदै ३–१ को हार बेहो¥र्यो । नेपाल अघिल्लो संस्करमा पनि दोस्रो स्थानमा रहेको थियो ।

नेपालसहित भारत, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काको सहभागिता रहेको उक्त प्रतियोगितामा बङ्गलादेश र श्रीलङ्काले तेस्रो स्थान प्राप्त गरें ।

Post a Comment

 
Top