Subscribe Us

अन्तरकलेज ‘प्लस टु’ फुटसल प्रतियोगिता हुने


काठमाडौँ, १३ मङ्सिर । काठमाडौँ, ललितपुर तथा भक्तपुरका उच्च माध्यामिक तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी सिजन मिडियाले यस वर्षदेखि अन्तरकलेज ‘प्लस टु’ फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिता आगामी मङ्सिर २३ गतेदेखि शुरु हुनेछ । हाँडीगाउँस्थित धर्नान्तरी फुटसल मैदानमा प्रतियोगिता हुनेछ । उक्त प्रतियोगिता एक सातासम्म चल्नेछ । प्रतियोगितामा ६० देखि ७५ कलेजको खेलाडीको सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले रु एक लाख, ट्रफी, मेडल तथा प्रमाणपत्र, द्वितीय हुनेले रु ५० हजार नगद ट्रफी, मेडल तथा प्रमाणपत्र र तृतीय हुनेले रु २५ हजारसाथै ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् । त्यस्तै सार्वाधिक गोल गर्ने उत्कृष्ट खेलाडीलाई रु पाँच हजार नगद तथा सम्मानपत्र प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिनुभयो ।

सिजन मिडियाले विगत १० वर्षदेखि निरन्तररुपमा शिक्षा मनोरन्जन तथा सामाजिक क्षेत्रमा विभिन्न सौदर्य प्रतियोगिता ‘फेसन सो’लगायत कार्यक्रम गर्दै आएको छ । 

Post a Comment

0 Comments