Subscribe Us

दरबारमार्ग बृत्तमा सीकेलाई मंसिरको घाम

काठमाडौं । स्वतन्त्र मधेशको नाममा  ‘मधेश राष्ट्र’ को माग गर्दै पृथकतावादी आन्दोलन चलाएका सप्तरीका सीके राउत प्रहरी अनुसन्धानको क्रममा महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा एक साता बसे । 

दरबारमार्ग बृत्तले देश द्रोहीको मुद्दामा उनिमाथी अनुसन्धान गरेको थियो । देश द्रोही जस्तो जघन्य अपराधमा अनुसन्धान भईरहेको आरोपितलाई दरबारमार्ग प्रहरीले भने ज्वाईसरी एक साता पालेको खबर सार्वजनिक भयो । 

सार्वजनिक अपराधका आरोपितलाई निश्चित समय भन्दा अगीपछि भेटघाटमा बन्देज लगाउने प्रहरीले देश द्रोही जस्तो जघन्य अपराधका आरोपितलाई खुलम खुल्ला भिआईपी तरीकाले २४ सै घण्टा भेटघाट र घाम ताप्न दिएको थियो । वृत्तका प्रमुख डिएसपी दानबहादुर मल्लले हिरासतको सट्टा प्रहरी ईन्सपेक्टरको ब्यारेकमा सुत्ने बातावरण समेत मिलाई दिएका थिए । 

खाना खाने तथा भेटघाट गर्ने र घाम ताप्नको लागि प्रहरी भवनको छतको प्रयोग भईरहेको त्यहाँका एक प्रहरी अधिकृतले बताए । सीके राउत जस्ता देश द्रोहीलाई डिएसपीले मल्लले किन यस्तो सुबिधा दिए भनेर वृत्तका अन्य प्रहरी अधिकृत नै चकित परेका छन् । 

राज्यद्रोहको अभियोगमा उनलाई पर्सामा पक्राउ गरी रौतहटमा म्याद थपिएको थियो । मधेसमा छुट्टै देश बनाउने अभियानमा उनलाई पश्चिमाले सहयोग गरेको आरोप लगाइन्छ । लन्डनमा पढेका राउतले अमेरिकामा केही समय काम गरेका थिए । अमेरिकामा काम गर्ने क्रममा मधेसी युवा समेटेर सामान्य रकम मार्फत उनले स्वतन्त्र मधेसका नाममा अभियान थालेका थिए । 

पछि नेपाल फर्किएर आन्दोलन चर्काउने क्रममा मोरङको रंगेलीमा पक्राउ गरिएका उनको राजनीतिक कद बढ्दै जान थालेको थियो । राजनीतिक संक्रमण निम्त्याउनका लागि मधेसमा फरक सभा गरेका उनले मधेसवादी दललाई नै चुनौति दिने गरी दुई महिनाअघि जनकपुरमा मार्चपास गराएका थिए । त्यसपछि प्रहरीले उनको निगरानी बढाएको थियो भने अदालतले पनि छानबिनका लागि पटक–पटक म्याद थपेको थियो । 

Post a Comment

0 Comments