Subscribe Us

स्वास्थ्य भवन शिलान्यास


काठमाडौँ, ३ मङ्सिर । कागेश्वरी नगरपालिकासँगको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाले वडा नं ९ स्थित गोठाटारमा स्वास्थ्य चौकी भवन निर्माण गर्ने भएको छ ।

एक करोड ६५ लाख १३ हजारको लागतमा सात महीनाभित्र सो भवनको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भूकम्प प्रतिरोधी सो भवन निर्माण गर्न नरपालिकाकाले रेडक्रसलाई आवश्यक जमीन उपलब्ध गराएको र ब्रिटिश रेडक्रसले आर्थिक सहयोग प्रदान गरेको रेडक्रस काठमाडौँका मन्त्री श्याम डोटेलले जानकारी दिनुभयो ।

सो नगरपालिकाका प्रमुख कृष्णहरि थापा, नेपाल रेडक्रसका अध्यक्ष सञ्जीव थापा र नेपाल रेडक्रस काठमाडौँ शाखाका अध्यक्ष मथुराम श्रेष्ठले आज यहाँ आयोजित कार्यक्रममा सो भवनको शिलान्यास गर्नुभएको थियो । नगरप्रमुख थापाले स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा नगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो ।

भूकम्प अतिप्रभावित १४ जिल्लामा भूकम्पले क्षति भएका विभिन्न स्वास्थ्य संस्थाको प्रि फ्याबमार्फत भवन विभिन्न रेडक्रसको सहयोगमा नेपाल रेडक्रसले तयार गरी स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने कार्य लगभग पूरा भएको सोसाइटीका अध्यक्ष सञ्जीव थापाले जानकारी दिनुभयो । 

Post a Comment

0 Comments