Subscribe Us

‘मिस वल्र्ड–२०१८’ मन जित्दै श्रृंखला


काठमाडौँ, ५ मंसीर । ‘मिस नेपाल–२०१८’की विजेता श्रृंखला खतिवडा यतिखेर ‘विश्व सुन्दरी’ बन्ने होडमा छिन् । हाल चीनको सान्यामा भइरहेको ‘मिस वल्र्ड–२०१८’ उनी प्रतिस्पर्धा गरिरहेकी छन् ।

आउँदो ८ डिसेम्बर शनिबारका दिन हुने ‘मिस वल्र्ड’को ग्राण्ड फिनालेका लागि विश्वका १२१ देशका सुन्दरीहरुको सहभागिता छ । अहिले त्यहाँ उपस्थित धेरैलाई श्रृंखलाले आफ्नो प्रभाव छोड्न सफल हुँदै आएकी छन् ।

उनले इभेन्टमा उपस्थित विभिन्न देशका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न सिकाउने, नेपाली गीत गाउन लगाउनेजस्ता कार्यहरु गर्न भ्याएकी छन् । सबैलाई आफूप्रति आकर्षित गर्न सफल हुँदै श्रृंखलाले नेपालको संस्कृति झल्किने विभिन्न प्रस्तुति दिइरहेकी छन् ।

हालसम्मको अवस्थालाई हेर्ने हो भने उनी २२० देशका सुन्दरीहरुलाई पछि पार्दै भोटिङमा एक नम्बरमा रहेकी छन् । हाल चर्चा गरिएअनुसार श्रंखला यो पटक ‘मिस वल्ड’को दावेदारका रुपमा देखिएकी छन् ।

Post a Comment

0 Comments