Subscribe Us

ड्रग्सको डिलमा खुकुरी हानाहान, एकको मृत्यु दुई पक्राउ


काठमाडौं । बिक्की लिम्बुको हत्या गरी फरार रहेका दुई जनालाई प्रहरीले घटना घटेको केही घण्टामै नियन्त्रणमा लिएको छ । काठमाडौंको बानेश्वरस्थित गैरीगाउँको सुकुम्बासी टोलमा लिम्बुलाई खुकुरी प्रहार गरी फरार रहेका मकवानपुरका मनिष बानियाँ र काठमाडौंको तार्केश्वर नगरपालिकाका महेश परियारलाई अपराध महाशाखाकाको टोलीले नियन्त्रणमा लिएको हो । 

महाशाखाका  डिएसपी रुगम कुँवर नेतृत्वको बिषेश टोलीले उनीहरुलाई काठमाडौंको साङ्लाबाट नियन्त्रणमा लिएको बताएको छ । शनिबार मध्यान्ह बानेश्वरस्थित सुकुम्बासी वस्तीमा दुई समूहबीच ग्याङ फाइट हुँदा सुकुम्बासी टोलमा बस्दै आएका विक्की लिम्बुमाथी खुकुरी प्रहार भएको थियो । 

मनिष र महेशको खुकुरी प्रहारबाट गम्भिर घाईते भएका लिम्बुको सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा २३ बर्षीय अनिल श्रेष्ठ  गम्भिर घाईते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार सुकुम्बासी बस्तीस्थित बाग्मती पुलवारीको शान्तिनगर टोल र पुलपारीको जोगी टोलमा बस्दै आएका दुई समूहको बीचमा ड्रग्सको डिलरको विषयलाई लिएर खुकारी हानाहान भएको थियो । ग्याङ फाइटमा संलग्मध्ये अधिकांश ड्रग्स प्रयोगकर्ता  तथा कारोवारी रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।


Post a Comment

0 Comments