Subscribe Us

स्वास्थ्य मन्त्रालयको निमित्त सचिवमा डा प्याकु¥याल


काठमाडौँ, २९ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निमित्त सचिवमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकु¥याल तोकिनुभएको छ ।

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अर्को व्यवस्था नभएसम्म १२आँै तहका प्रमुख विशेषज्ञ प्याकु¥याललाई आर्थिक तथा प्रशासनिक कार्यका निमित्त यही कात्तिक २५ गते सो जिम्मेवारी दिनुभएको हो ।

समग्र स्वास्थ्य सुधारका लागि आफूले काम गरिराखेको र आगामी दिनमा जारी रहने सचिव डा प्याकु¥यालले बताउनुभयो । सङ्घीय प्रणालीमा स्वास्थ्यको कर्मचारी समायोजन कसरी गर्ने भन्ने मन्त्रालयका तर्फबाट गठित समितिको नेतृत्वसमेत उहाँले गर्नुभएको छ । 

Post a Comment

0 Comments