Subscribe Us

ललितपुर प्याट्रियसद्वारा ज्ञानेन्द्रको कप्तानीमा १८ सदस्यीय टोली घोषणा


काठमाडौँ, १३ मङ्सिर । यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग इपिएल टी–२० क्रिकेट प्रतियोगिताका लागि ललितपुर प्याट्रियसले  ज्ञानेन्द्र मल्लको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलननमा क्लबले राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका मल्लको नेतृत्वमा तीन भारतीय खेलाडीसहित १८ जनाको नाम सार्वजनिक गरेको छ ।

घोषित टोलीमा कप्तान मल्लसहित भारतीय खेलाडी जय किशन कोल्शावाला, सन्नी पटेल र गौरब तोमार छन् । त्यसैगरी टोलीमा सन्दीप लामिछाने, ललित राजवंशी, सोनु तामाङ कुशल भूर्तेल, शंकर राना, रसिद खान, पवन सार्राफ, सन्दीप जोरा, नारायण जोशी, योगेन्द्र सिंह कार्की लगायत छन् ।

इपिएलका लागि ललितपुरले खेलाडीका लागि मात्र रु ३५ देखि ४० लाख खर्च गर्न लागेको जनाएको छ । खेलाडीको सबै सुविधाका लागि उनीहरुले अघिल्लो संस्करणको भन्दा झण्डै तेब्बर रकम खर्च भएको ललितपुर अध्यक्ष किशोर श्रेष्ठले बताउनुभयो । 

Post a Comment

0 Comments