काठमाडौं । गत २०७४ भदौमा राजस्व अनुसन्धान विभागले पहिलो पटक हुण्डी कारोबारीविरुद्ध ठूलो कारवाही गर्दै चार अर्ब १२ करोड बिगो कायम गरी अदालतमा मुद्दा चलायो । बिगो बराबर जरिवानाको माग दाबीसहित सुन्धाराको जेबो ट्राभल्समा दलबहादुर पुन, लवकुमार नेपाल, धर्म गुरुङ र मिलन गुरुङबिरुद्द अदालतले जरिवाना र दुई बर्ष जेल सजाय गरिसकेको छ ।
त्यसपछि हुण्डी कारोबारीविरुद्ध अहिलेसम्म कुनै ठूलो कारबाही हुन सकेको छैन । अबैध हुण्डीको कारोबार गर्ने व्यापारी बिरुद्ध प्रहरीले अप्रेशन चलाए पनि ठुला कारोबारीसम्म भने प्रहरी पुग्न नसक्दा कारोबार मौलाउने क्रम बढेको छ ।  अस्ट्रेलियामा हुण्डीको नाममा फेसबुक,भाईबर र इमोमार्फत प्रचार गर्न गिरोहले अभियान नै चलाएको छ  । यसरी प्रचार गर्ने गिरोहमा  एजुकेशन कन्सल्टेन्सीहरु सँलग्न रहेको तथ्य भेटिएको छ । उनीहरुले माथि हुन्डीको रेट राखेर तल कन्सल्टेन्सीको बिज्ञापन गर्ने गरेका छन् । तारा एजुकेशन कन्सल्टेन्सी ग्रुपको नामबाट दीपेन्द्र कार्कीले हुन्डीको रेट नै राखेर प्रचार गरेका छन्। उनले नेपालमा लोकराज निउरे,राम प्रसाद सापकोटा,सिता सापकोटा र भुपराज न्यौपानेलगायतबाट कारोबार गरेको स्रोतले वतायो। यो गिरोहले अपराध महाशाखाका प्रहरीलाई मिलाएर कारोबार गरेको हुँदा आफुहरुलाई कसैले पनि केही गर्न नसक्ने बताउने गरेको एक ट्राभल्सका  संचालकले वताए। 

 खुलमखुल्ला यसरी हुन्डीको कारोबार हुने क्रममा गत  बर्ष दुई कारोबारीबीच बिबाद हुँदा घटना अपराध महाशाखासम्म पुगेको थियो। तर त्यो समयदेखी महाशाखाले खुद्रे कारोबारीलाई समातेर प्रचार गरेपनी ठुला कारोबारीसम्म भने पुग्न सकेको छैन। अवैध हुण्डीलाई नियन्त्रणका लागि राष्ट्र बैंकले मातहतका निकायमा पत्राचार गरेको पनि थियो तर त्यसको कार्यन्वयन हुन सकेको छैन   । राज्यले प्रतिबन्ध लगाए पनि प्रहरी, प्रशासन र केही कारोबारीको मिलेमतोमा नेपालमा खुलेआम हुण्डी चलिरहेको छ। अस्ट्रेलियाबाट मात्र हरेक दिन १० करोड भन्दा बढी  रूपैया हुण्डीमार्फत नेपाल आउने गरेको स्रोत वताउँछ ।   अस्ट्रेलियामा एउटा समुहले पैसा उठाउने गर्दछ भने अर्को समुहले त्यसलाई हङकङ पठाउने र तेश्रो  समुहले  नेपालमा पैसा दिने गरेको पाइएको छ।  खातावाल फरक(फरक देखिने गरेर गिरोहले कारोबार गर्दै आएको छ  । नेपालमा कमाएको ‘कालो धन’ लाई सुरक्षित पार्ने एउटा माध्यम हुन्डी बनेको छ । हुण्डीमार्फत पैसा पठाउने र छोरी छोरीका नाममा घर र ब्यवसाय किनेर आफ्नो भविष्य सुरक्षित पार्ने काममा पनि हुण्डीले साथ दिएको छ।
नेपालबाट हुण्डीमार्फत पठाएको पैसा बैंकमार्फत नेपाल फर्काएर छोरा छोरीले कमाएको भन्दै बैध बनाउने अर्को धन्दा पनि चलेको छ  ।  अवैध रुपमा नेपालबाट भारत, अष्ट्रेलिया, दक्षिण कोरिया र खाडीमुलुकमा बढी मात्रामा हुण्डीमार्फत कारोबार हुने गरेको प्रहरीको भनाई छ ।  रेमिन्ट्यान्सले चलेको मुलुकमा करिब साठी प्रतिशत मात्र रकम राज्यको कानुनी निकायबाट स्वदेश भित्रिने गर्छ। बाँकी चालिस प्रतिशत हुण्डीबाट भित्रिने गरेको छ

Post a Comment

 
Top