Subscribe Us

प्रधानसेनापतिसँग राजदूतको शिष्टाचार भेट


काठमाडौँ, १० मङ्सिर । प्रधानसेनापति पूर्णचन्द्र थापासँग यहाँस्थित संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदान अल नाक्वीले जङ्गी अड्डामा शिष्टाचार भेट गर्नुभएको छ ।

सो अवसरमा उहाँहरुबीचमा द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

Post a Comment

0 Comments