Subscribe Us

परराष्ट्रमन्त्री ज्ञवाली विदेश घुमेको घुम्यै, जापान १३औं भ्रमण


काठमाडौँ, ७ मंसीर ।  प्रधानमन्त्री केपी ओलीले सिंहदरबारमा कार्यसम्पादनबारे मन्त्रीहरूलाई र्‍याखर्‍याख्ती पारिरहँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने जापान डुलिरहेका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ ।

पाँच दिनका लागि गएका उनी टोकियो, ओसाकालगायत केही सहर घुमे ।

 शुक्रबार काठमाडौं आइपुग्ने उनी सम्भवतः चाँडै अर्को देश जानेछन् । किनकि उनी प्रायः घुमेको घुम्यै गर्छन् । मन्त्रालय सम्हालेको ८ महिनामा ६४ दिन त विदेशमै बिताइसके । जापान उनको १३औं भ्रमण हो ।

विदेशमा सरकारका सदस्य भ्रमणमा निस्कँदा जरुरीलाई ख्याल राख्छन् । पाकिस्तानका प्रधानमन्त्री इम्रान खान बुधबार मलेसिया गए, बिहीबार फर्के । आवश्यक ‘डिल’ एकै दिनमा सके । मलेसियाका मानव संशाधनमन्त्री एम कुला संगेरा तीन साताअघि काठमाडौं ओर्लिए । भोलिपल्टै क्वालालम्पुर पुगे ।

नेपालमा गरेको सम्झौता र त्यसले सम्बन्धमा बढाएको प्रभाव क्वालालम्पुर पुगेर सुनाए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हुन् वा अन्य मुलुकका विशिष्ट पाहुना नेपाल आउँदा समयमा मितव्ययी बन्छन् । तर हामी त्यसबाट सिक्ने होइन, फुर्सद मिलेको झैं सहर घुमेरै बिताउँछौं ।

Post a Comment

0 Comments