Subscribe Us

गुण्डा नाईके बस्नेतको श्रीमती माँया पक्राउ

काठमाडौ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्या प्रकरणमा गुण्डा नाईके समिरमान सिंह बस्नेतको श्रीमती माँया शेरचन बस्नेत पक्राउ परेकी छिन । 

अनुसन्धानको क्रममा हतियारको व्यवस्थापन र सुटरलाई पैसाको चाँजोपाँजो मिलाउने काम माँयाले गर्दै आएको खुलासा भएपछि उनलाईलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

गत साता महाशाखाको टोलीले सुटर लोप्साङ लामा, अमरराणा मगर र रोशन बुढाथोकीलाई पक्राउ गरेको थियो । पक्राउ परेका तिन अभियुक्तले नै अदालतमा बयानको क्रममा मायाँको नाम पोलेपछि उनि अनुसन्धानको घेरामा दानीएकी हुन । अदालतबाट 

  महानगरीय अपराध महाशाखाको थप अनुसन्धानको लागी अनुमती लिएर माँया बिरुद्ध पक्राउ पुर्जी जारी गरेर काठमाडौं ठूलो भर्‍याङबाट नियन्णमा लिएको हो ।  तीन वटा गोलीकाण्डमा संलग्न रहेको र हतियारको व्यवस्थापन गरेको आरोपमा मायाँ माथी संगठित अपराध, कर्तव्य ज्यान तथा हातहतियार मुद्दामा अनुसन्धान गरिने महाखाका प्रमुख धीरजप्रताप सिंहले बताए।    

२९ चैत २०७३ मा बौंद्ध नयाँबस्तीमा जिम गर्न गएका अर्का गुण्डा नाईके दावामाथि गोली हान्न र गौचनको हत्या गर्न समेत मायाले नै हतियार उपलब्ध गराएकी प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ । दुबै जनामाथि प्रयोग भएको हतियार नै एउटै भएको प्रहरीको दाबी छ। त्यो मायाले नै अम्बरलाई उपलब्ध गराएकी थिइन् । 

त्यस्तै मायामाथि गौचनको हत्यापछि अम्बरबहादुर राना, लोप्साङ लामा, रोशन बुढाथोकी लगायतका केहीलाई समेत काठमाडौंको बाफल स्थित समीरमानको पुरानो घरमा सेल्टल दिएर राखेको  समेत खुलासा भएको छ ।  

Post a Comment

0 Comments