Subscribe Us

पुराना थन्क्याई नयाँ गाडी किन्न बजेट माग


काठमाडौँ, ४ मंसीर । संघीय सांसद सचिवालयले मर्मत गरेर सञ्चालन गर्न सकिने २५ वटा गाडी थन्काएर नयाँ २३ वटा गाडी खरिद गर्न लागेको छ ।

संसद् सचिवालयले अर्थ मन्त्रालयलाई पत्र पठाइँ दुइवटा एक करोड रुपैयाँभन्दा बढी मुल्यका र बाँकी २१ वटा स्कारर्पियो जिप खरिदका लागि बजेट मागेको छ ।

माग गरिएका सबै गाडी किन्दा राज्य कोषमा १८ करोड रुपैयाँ व्ययभार थपिनेछ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङफेका लागि एक करोड रुपैयाँमाथिका दुईवटा गाडी खरिद गर्न लागिएको हो ।

स्कारर्पियो जिप संसदीय समितिका सभापति र अन्य पदाधिकारीका लागि खरिद गर्न लागिएको संसद् सचिवालयले जनाएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ । 

Post a Comment

0 Comments