Subscribe Us

महोत्तरीमा लागूऔषध सहित पक्राउ

महोत्तरी, १८ कात्तिक । बर्दिबास नगरपालिका गौरीडाँडाबाट धनुषा जनकनन्दनी गाउँपालिकाख२ बस्ने ३६ वर्षीय मोहमद अताबुल र सोही ठाउँ बस्ने  ३३ वर्षीय महमद ईलियातलाई नियन्त्रित लागूऔषध डाईजेल्याब, फेनारगन, स्पाज्मो प्रोसिभोन र नुर्फीन समेत गरी १ हजार ८ सय एम्पुल सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ८४६८ नम्बरको माईक्रोबस जाँच गर्दा अताबुल र ईलियातलाई उक्त नियन्त्रित लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Post a Comment

0 Comments