Subscribe Us

नेपाललाई भारतीय कांग्रेसले सोध्यो : मोदीलाई मात्रै महत्व ?


काठमाडौँ, १९ कात्तिक । भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस–आई)ले नरेन्द्र मोदीलाई मात्रै महत्व नदिन नेपाललाई आग्रह गरेको छ ।

प्रधानमन्त्री मोदीले छिमेकीसँगको सम्बन्धलाई दलगत हितमा उपयोग गरेकोमा आलोचना गर्दै उसले नेपाल सरकारलाई सचेत रहन भनेको हो ।

कुटनीतिक उच्चस्रोतका अनुसार कांग्रेस आईले भारतीय जनता पार्टी ९बीजेपी०लाई नै तोकेर नेपाललाई छुट्टै आग्रह गरेको छ ।

आगामी निर्वाचनमा कांग्रेस आईले वर्तमान सरकारको छिमेक नीतिलाई मुख्य मुद्दा बनाएर अघि बढ्दै छ । यसै सन्दर्भमा उसले नेपालसँग पनि मोदीको विदेश–नीतिको विषय उठाएको हो ।

नेपाल सिंगो भारतसँगको कूटनीतिक सम्बन्धमा यसअघि नचुकेको समेत भारतीय कांग्रेसको धारणा छ ।

उसले छिमेक यस्तोमा उपयोग हुन नहुने भन्दै सचेत रहन औपचारिक÷अनौपचारिक आग्रह गरेको हो । कांग्रेस आईले कूटनीतिक च्यानलमार्फत समेत यस्तो सन्देश प्रवाह गरेको दिल्लीस्थित नेपाली दूतावासका अधिकारीले बताए ।, यो खबर आजको अन्नपुर्णपोष्टमा छ । 

Post a Comment

0 Comments