Subscribe Us

राजधानीमै पालमा प्रहरी


काठमाडौँ, ९ मंसीर । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध  महाशाखा साढे तीन बर्षदेखि पालभित्रबाटै चलिरहेका छन् । जहाँ रातभर शीत चुहिन्छ । चिसोले कतिपय प्रहरी बिरामी भईरहेका छन् । ठाउँ नपुग्दा कागजपत्र असरल्ल छन् ।

हावा चल्दा प्रहरी अधिकारीहरु कागजपत्र च्यापेर जोगाउँछन् । पानी पर्दा पाल टाल्छन् ।

२०७२ वैशाखले भुकम्पले हनुमानढोकास्थित भवन चर्किएपछि विस्थापित भएका नेपाल प्रहरीका महत्वपुर्ण दुई निकाय महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखा अर्काको जग्गामा बनाइएका पालभित्र सञ्चालन भईरहेका छन् ।

टेकुस्थित नेसनल ट्रेनिङ परिसरमा साढे तीन बर्षअघि बनाइएका पाल जीर्ण भईसकेका छन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ । 

Post a Comment

0 Comments