Subscribe Us

लिगका शीर्ष दुई क्लबको दाबी ‘तीन अङ्क जोड्न खेल्छौँ’


काठमाडौँ, ६ मङ्सिर । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष दुई स्थानमा रहेको क्लबहरू मनाङ मस्र्याङ्दी र थ्री स्टार क्लबले बिहीबारको खेल आ–आफ्ले जित्ने दाबी गरेको छन् ।

आज एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित ‘प्री म्याच कन्फ्रेन्स’मा मनाङ–मस्र्याङ्दी क्लब र थ्री स्टार क्लबका प्रशिक्षक सुमन श्रेष्ठ र मेघराज केसीले बिहीबारको खेल आफ्नै टोलीले जित्ने दाबी गर्नुभयो ।

लिगको उपाधि दाबेदारका रुपमा हेरिएका यी दुई टोलीबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेस सातदोबाटोमा बिहीबार दिउँसो २ बजे हुनेछ ।

लिगको दोस्रो चरण सकिँदा थ्री स्टार ६ अङ्क जोडेर लिगको शीर्ष स्थानमा छ । मनाङ पनि छ अङ्क जोडेर गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । “थ्री स्टार राम्रो टोली हो, हामी बराबरी जस्तै छौँ”, मनाङका प्रशिक्षक सुमन श्रेष्ठले भन्नुभयो, “हामी स्पष्ट तीन अङ्कका लागि खेल्नेछौँ ।”

थ्री स्टारविरुद्ध मैदान उत्रँदा मनाङलाई खेलाडीको चोटले सताएको छ । मनाङका पहिलो रोजाइका दुई खेलाडी घाइते छन् । कप्तान सुजल श्रेष्ठ र प्रकाश बुढाथोकीको चोटले मनाङलाई अप्ठेरो परेको छ ।

प्रशिक्षक श्रेष्ठले थ्री स्टारविरुद्ध खेल्ने रणनीतिमा समेत परिवर्तन गर्ने जित्ने दाबी गर्नुभयो । थ्री स्टारका प्रशिक्षक केसीले आफ्नो टोलीले हार नरुचाउने बताउँदै जीत निकाल्ने दाबी गर्नुभयो । “हामी जित्नका लागि नै खेल्छाँै, उनीहरूभन्दा बढी मेहेनत गरेर तीन अङ्क लिने छाँै,” उहाँले भन्नुभयो । बिहीबार शुरु हुने तेस्रो चरणका खेलहरू शनिबारसम्म चल्नेछ ।

लिगको उपाधि दाबेदारमध्ये बलिया दुई टोलीबीच पछिल्लो समय थ्री स्टार मनाङमाथि हाबी हुँदै आएको छ । सोही मैदानमा हुने पहिलो खेलमा च्यासल युथ क्लबले न्यूरोड टोली ९एनआरटी०सँग प्रतिस्पर्धा गर्नेछ । 

Post a Comment

0 Comments