Subscribe Us

अपराध अनुसन्धान र नियन्त्रणमा कुकुरको महत्वपूर्ण भूमिका : महानिरीक्षक खनाल

काठमाडौँ, २० कात्तिक । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा शान्ति स्थापना अपराध अनुसन्धान र नियन्त्रणमा कुकुरको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

नेपाल प्रहरीमा कुकुर सेवाको सुरुवात भएको स्वर्णजयन्तीको अवसरमा प्रहरी कुकुर तालिम स्कुल महाराजगञ्जमा आज दिउँसो आयोजित कार्यक्रममा उहाँले कुकुर स्कुललाई समयसापेक्ष स्तरोन्नती गर्दै लैजाने बताउनुभयो ।

महानिरीक्षक खनालले कुकुरले पु¥याउने सेवामा पूर्णता प्राप्त गर्न प्रहरीको दक्षता समेत आवश्यक रहेको बताउँदै कुकुर स्कुलका प्रहरी डग ह्याण्डलिङमा विशेष दक्ष हुनुपर्ने उल्लेख गर्नुभयो । कुकुर स्कुलले पु¥याउने सेवालाई अझ बढी चुस्त र व्यवसायिक बनाउन संगठन लाग्ने उहाँको भनाई थियो ।

कुकुर तालिम स्कुलका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक डा देउती गुरुङले अपराध अनुसन्धानमा कुकुरले गरेको योगदानबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सोही अवसरमा महानिरीक्षक खनालले स्कुलको प्राङ्गणमा निर्मित कुकुरको स्मारक उद्घाटन गर्नुका साथै उत्कृष्ट डग ह्याण्डल प्रहरी जवान दिपेश रानाभाटलाई मेडल र प्रमाणपत्र तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।

यस वर्षको उत्कृष्ट कुकुरमा प्रदेश ४ प्रहरी कार्यालय कुकुर शाखा पोखरामा सेवारत जर्मन शेफर्ड जातको ‘कुशल’ नामको कुकुर भएको थियो ।

Post a Comment

0 Comments