Subscribe Us

नक्कली स्याम्पु र मसलासहित सञ्चालक पक्राउ


काठमाडौँ, २९ कात्तिक । महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली स्याम्पु र विएमसी मसला बनाउने सामानसहित सञ्चालकलाई पक्राउ गरेको छ ।

परिसरको टोलीले चन्द्रागिरी नगरपालिका–१५ नैकापस्थित आफ्नै घरमा ज्योति सोप एण्ड केमिकल्स इण्डस्ट्रिजको नाममा नक्कली स्याम्पु र विएमसी मसला बनाएर बिक्री वितरण गर्दे आएका धादिङ धार्केका बासुप्रसाद विडारी र ज्योति विडारीलाई पक्राउ गरेको हो ।

परिसरले आज पत्रकार सम्मेलन गरी भारतीय ब्राण्डको मसला र स्याम्पु गैरकानूनी रुपमा उत्पादन गरी बजारमा बिक्री वितरण गरिरहेको सूचनाको आधारमा जिल्ला प्रशासन र स्थानीय जनप्रतिनिधीको रोहवरमा मङ्गलबार दिउँसो नियन्त्रणमा लिइएको जानकारी दिइएको थियो ।

प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले डेढ वर्षदेखि गैरकानूनी रुपमा मासिक १०० कार्टुन मसला र १०० कार्टुन स्याम्पु उत्पादन गरी राजश्वलगायत कुनै पनि विल नकाटी निर्यात गर्दै आएको जानकारी दिनुुभयो । “पक्राउ कम्पनीले एक कार्टुुन मसलाको रु १० हजार र एक कार्टुन स्याम्पुको रु एक हजारसम्ममा बजारमा बिक्री वितरण गर्ने गरेको अनुुसन्धानमा खुल्न आएको छ”, उहाँले भन्नुुभयो ।

प्रहरीले उक्त उद्योगबाट ४४ कार्टुुन मसला, ११ बोरा मसलाको कच्चा पदार्थ, मसला प्याक गर्ने प्लाष्ट्रिक ११ वण्डल, तयारी स्याम्पुु ३७० बाकस, स्याम्पुुको कच्चा पदार्थ दुुई बाल्टिन, खाली ड्रम २० थान र ठूलो मेसिन तीन थान बरामद गरेको छ । रु ५० लाख अधिकृत पूँजी बराबरको कम्पनी खोलेको र वार्षिक दुुई करोड बराबरको कारोबार गर्ने गरेको अनुुसन्धानमा खुलेको छ । पक्राउ विडारीलाई कालोबजारी, कपी राइट तथा राजश्व छली सम्बन्धमा अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Post a Comment

0 Comments