Subscribe Us

महर्षिमा मन्टेश्वरीका विद्यार्थीलाई स्मार्ट बोर्डमार्फत पढाई


काठमाडौँ, २६ कात्तिक । महर्षि स्कुलले मन्टेश्वरीका विद्यार्थीलाई स्मार्ट बोर्डमार्फत शिक्षा प्रदान गर्दै आएको छ ।

सामाखुशीको पवित्रनगरमा अवस्थित महर्षि विद्यालयले प्रविधिको विकाससँगै विद्यार्थीलाई स्मार्ट बोर्डमार्फत शिक्षा प्रदान गर्दै आएको हो ।

विद्यालयका प्राचार्य निर्मल पौडेल प्रविधिको विकास र विद्यार्थीले सजिलै शिक्षा हासिल गर्न सकुन भन्ने उदेश्यले स्मार्ट बोर्डमार्फत पढाई सञ्चालन गरेको बताउनुहुन्छ । उक्त विद्यालयले मन्टेश्वरीदेखि कक्षा ७ सम्म स्मार्टबोर्डमार्फत शिक्षा प्रदान गर्दे आइरहेको छ ।

विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान प्रदान गर्दै आइरहेको उक्त विद्यालयले हरेक शुक्रबार विभिन्न किसिमका खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ । सो विद्यालयमा स्वीमिङ पुलसमेत रहेको छ । हाल उक्त विद्यालयमा ७०० विद्यार्थी अध्ययनरत छन् । 

Post a Comment

0 Comments