Subscribe Us

मस्र्याङ्दी नदीमा अन्तर्राष्ट्रिय जल खेलकूद प्रतियोगिता हुने


काठमाडौँ, ५ मङ्सिर । ‘नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सिज’ (नारा) को आयोजनामा मस्र्याङ्दी नदीमा १७ औँ अन्तर्राष्ट्रिय जल खेलकूद प्रतियोगिता हुने भएको छ ।

जल क्षेत्रबाट मुलुकको पर्यटन प्रवद्र्धन गर्न नाराले म¥र्याङ्दी नदीमा ‘हिमालय ह्वाइटवाटर च्यालेन्ज’ नामक प्रतियोगिता गर्न लागेको हो । मङ्सिर ८ देखि १० सम्म हुने सो प्रतियोगितामा ‘कायक डाउन, रिभर रेश, कायक सेलम, बोस्टर क्रस र फ्रि स्टाइल काइकिङ’ गरिने नाराका महासचिव शिव अधिकारीले जानकारी दिनुभयो ।

जलयात्रा व्यवसायमा संलग्न ‘रिभर गाइड’ तथा जल खेलाडीको सीप र दक्षता वृद्धि, नेपाललाई संसारको उत्कृष्ट साहसिक जलयात्रा गन्तव्यका रूपमा स्थापित गराउने तथा साहसिक जलयात्रामार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागिएको हो । “नेपालको पर्यटन उद्योगको प्रमुख स्रोतमध्ये साहसिक जलपर्यटन पनि एक हो, यसको विकास र विस्तारका लागि हामीले सन् २००२ देखि नेपालमा उक्त प्रतियोगिता आयोजना गर्दै आएका छौँ”, महासचिव अधिकारीले भन्नुभयो ।

भारत, जापान, दुबई, अमेरिका, इटाली, टर्की, आइसल्यान्ड र बेलायतलगायतका मुलुकमा नेपाली रिभर गाइड क्रियाशील रहेको र उनीहरूले नै उक्त खेल खेलाउने बताइएको छ । प्रतियोगितामा विश्वका विभिन्न मुलुकको सहभागिता रहनेछ । 

Post a Comment

0 Comments