Subscribe Us

नेपाल राष्ट्रिय व्यवसायी महासंघद्धारा कर दिवसको शुभकामना


काठमाडौँ, ३० कात्तिक । नेपाल राष्ट्रिय व्यवसायी महासंघ सातौँ राष्ट्रिय कर दिवसको अवसरमा सम्पूर्ण उद्योगी तथा व्यवसायी करदाताहरुलाई हार्दिक शुभकामना व्यक्त गरेको छ ।

महासंघका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ती जारी गरी मुलुकभर रहेका साना तथा मझौला उद्योगी तथा व्यवसायीहरुको छाता संगठनको तर्फबाट शुभकामना व्यक्त गर्नुभएको हो । “हामी र हामीजस्ता लाखौँ उद्योगी  व्यवसायीले तिरेको करका कारण आज मुलुक समृद्धीको बाटोमा अगाडि बढीरहेको छ,”–विज्ञप्तीमा भनिएको छ ।

विस २०५४ मंसीर १ गतेदेखि मूल्य अभिवृद्धि कर लागू भएको दिनको सम्झनामा राजश्वको महत्व र आवश्यकतालाई जानकारी गराउने उदेश्यले विस २०६९ मंसीर १ गतेदेखि राष्ट्रिय कर दिवस मनाउन थालिएको हो । सरकारले हरेक वर्ष झैँ यस वर्षपनि विभिन्न नाराका साथ सातौँ राष्ट्रिय कर दिवस मनाउन लागेको बताउनुभयो ।

अध्यक्ष कटुवालले मुलकको आर्थिक समृद्धीका मुख्य आधार नै समयमा कर तिर्नु भएको भन्दै विश्वका कतिपय मुलुकहरु करका कारणले समृद्ध बनेको उल्लेख गर्नुभयो । “नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा पुरा गर्न नेपाल राष्ट्रिय व्यवसायीक महासंघ हातमा हात, काँधमा काँध मिलाएर अगाडि बढ्न तयार छ,”–उहाँले भन्नुभयो ।

Post a Comment

0 Comments