Subscribe Us

नायिका चन्दले फिल्म निर्माण गर्ने


काठमाडौँ, ३ मङ्सिर । नेपालकी प्रथम नायिका भुवन चन्दले प्रेम कथामा आधारित चलचित्र निर्माणको घोषणा गर्नुभएको छ । उहाँले आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी ‘साइनो’ चलचित्र निर्माण गर्ने घोषणा गर्नुभएको हो ।

“चलचित्रको छायाङ्कन सोमबारदेखि शुरु गरिनेछ,” उहाँले भन्नुभयो । ‘चन्द्रविनायक फिल्म प्रोडक्सन’को प्रस्तुतिमा बन्न लागेको सो चलचित्रको अभिनेत्रीमा नीता ढुङ्गाना र मिरुना मगर तथा नायकमा राजकुमार अनुबन्ध रहनुुभएको छ । चलचित्रको कार्यकारी निर्माता शरण थापा र निर्देशक रमेश थापा हुनुहुन्छ ।

चलचित्रमा वसन्त सापकोटाको सङ्गीत तथा अभिमन्यू ‘निरवी’को कथा र संवाद रहनेछ । अभिनेत्री मिरुनाले नेपालकी प्रथम अभिनेत्री चन्दको चलचित्रमा आफू आबद्ध हुन पाउनु ठूलो अवसर भएको र सो भूमिकालाई न्याय दिने बताउनुभयो । नवनायक राजकुमारले भूमिका राम्रो लागेकाले सो चलचित्रमा अभिनय गर्न लागेको बताउनुभयो ।

‘साइनो’ मा भुवन चन्द, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, शिखा मल्ल, राजा राजेन्द्र पोखरेल, रोय दीप श्रेष्ठ, धर्मेन्द्र आचार्य, विशाल पहाडी, रामेश्वर बुर्लाकोटी, रेगन क्षेत्री, वसुकला मैनाली, भीमसेन लामा, सविक सुर्खेतीलगायतको अभिनय रहनेछ । चलचित्रको छायाङ्कन काठमाडौँ, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक लगायतका विभिन्न ठाउँमा गरिनेछ । 

Post a Comment

0 Comments