Subscribe Us

पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिताको उपाधि तामाङलाई


काठमाडौँ, २ मङ्सिर । त्रिभुवन आर्मी क्लबका रत्नजीत तामाङ पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगितामा लगातार सातौँ पटक विजयी भएका छन् ।

राष्ट्रिय ब्याडमिन्टन सङ्घको आयोजनामा त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको आठौँ पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम चरणको खेलमा एपिएफका दीपेश धाँमीलाई २१–११, २१–१६ ले पराजित गर्दै रत्नले सातौँ पटकको विजयी इतिहास रच्न सफल भएका हुन् ।

जीतसँगै तामाङले रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । उपविजेता दीपेशले रु २० हजारसहित ट्रफी मेडल र प्रमाणपत्रका साथै तेस्रो स्थान हात पार्ने सेनाका नवीन श्रेष्ठ र रुकेश महर्जनले जनही रु १०÷१० हजारका साथ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे ।

महिला एकलतर्फको खेलमा सेनाकी नङ्शलदेवी तामाङले सेनाकै रशीला महर्जनमाथि जित निकाल्दै प्रथम भइन् । नङ्शलले महर्जनलाई २२–२० र २१–१८ ले पराजित गरिन् । उपाधिसँगै तामाङले रु ५० हजार र उपविजेता महर्जनले रु २५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरिन् । एपिएफका शोभा गौचन र जेशिका गुरुङले संयुक्तरुपमा तेस्रो स्थान हात पार्दै जनही रु १०÷१० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

त्यसैगरी पुरुष युगलतर्फ सेनाका रत्नजीत तामाङ र नवीन श्रेष्ठको जोडी विजयी भयो । रत्न र नवीनको जोडीले एपिएफका दीपेश धाँमी र विजीत थापामगरको जोडीमाथि २२–२०, २०–२२ र २१–११ को जित निकाल्दै उपाधि जिते । तेस्रो स्थानमा सेनाका रुकेश महर्जन र प्रफुल महर्जन तथा एपिएफका गौतम कठायत र सुनील जोशीको जोडी रहे । शीर्ष तीन स्थान प्राप्त गर्ने जोडीले क्रमश रु १०÷१० र पाँच हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

महिला युगलतर्फ एपिएफका पूजा श्रेष्ठ र जेशिका गुरुङको जोडीले उपाधि हात पा¥यो । श्रेष्ठ र गुरङको जोडीले सेनाका नङ्शल तामाङ र रशीला महर्जनको जोडीलाई २१–१३, २१–१४ को सोझो सेटमा पराजित गरे । विजयी जोडीले रु २० हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे । यस्तै उपविजेताले रु १० हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी तथा तेस्रो स्थान प्राप्त गर्ने ज्येष्ठ ब्याडमिन्टनकी सीता राई र बाँकेकी सम्झना शर्मा तथा सेनाका अमिता गिरी र अनुमाया राई जोडीले रु पाँच÷पाँच हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।

यु–१७ ब्वाइजतर्फ प्रिन्स दाहालले सेनाका दिवस शङ्करलाई २१–१६, २१–५ को सहज जीतका साथ पहिलो स्थान प्राप्त गरे । जितसँगै दाहालले रु १५ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे । यस्तै दोस्रो हुने दिवसले रु सात हजार हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी तथा तेस्रो हुने ज्येष्ठका प्रियान्सु सिंह क्षेत्री र पेम्बा शेर्पाले जनही रु पाँच÷पाँच हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।

यसैगरी गल्र्सतर्फको खेलमा सेनाकी रशिला महर्जनले सेनाकै रञ्जना भट्टराईलाई २१–५ र २१–५ ले पराजित गर्दै उपाधि हात पारिन् । उपाधिसँगै मजर्हनले रु १५ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरिन् । उपविजेता रञ्जनाले रु सात हजार, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरिन् । यस्तै मास्टर्स ४५ वर्षमाथिको प्रतियोगितामा सेनामा सुभास श्रेष्ठ र भूमि गुरुङको जोडी प्रथम भयो । सुभास र भूमिको जोडीले ज्येष्ठका नवीनबाबु श्रेष्ठ र श्याम पराजुलीको जोडीमाथि १६–२१, २१–१६, २१–१६ को सेटमा पराजित गरे ।

तेस्रो स्थानमा ज्येष्ठका अनुज पौडेल र प्रेम घले तथा ललितपुरका सुनीलमान शाक्य र पूर्णभक्त चित्रकारको जोडी रहे । शीर्ष तीन स्थान प्राप्त गर्नेले रु २०, १० र पाँच÷पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । विजयी खेलाडीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । 

Post a Comment

0 Comments