Subscribe Us

छ महीनाका लागि बन्द डोल्पाका विद्यालय


डोल्पा, ९ मङ्सिर । चिसो बढेसँगै डोल्पाको उत्तरी क्षेत्रका विद्यालयहरु बन्द भएका छन् । यस वर्षको शैक्षिक सत्र सकिएसँगै फोक्सुण्डो, डोल्पो बुद्ध र छार्कातासोङ् गाउँपालिकामा एक माध्यमिक, तीन आधारभूत ९६–८० र २० वटा प्राथमिक गरी २४ वटा विद्यालय बन्द भएका हुन् ।

चिसो बढेसँँगै बन्द भएका विद्यालय छ महीनापछि मात्रै खुल्छन् । प्रतिकूल मौसमका कारण जनजीवन कष्टकर हुने भएकाले कात्तिक अन्तिम साताभित्रै विद्यालय बन्द गरेर घर फर्केको क्रिष्टल माउण्टेन आधारभूत विद्यालयका शिक्षक गङ्गाराम कठायतले बताउनुभयो ।

“चिसोले बस्न नसकिने भएपछि प्रत्येक वर्ष कात्तिक अतिन्मतिरै त्यहाँका स्थानीय विद्यालय छ महीनाका लागि जाडो छल्न बँेशी झर्छन्” उहाँले भन्नुभयो ।

शिक्षा विकास तथा समन्वय इकाइका इकाइ प्रमुख सिंहराज डाँगीले उपल्लो डोल्पामा कात्तिक लागेसँगै भारी हिमपातका कारण तापक्रम माइनसमा झर्ने र केही दिनसम्म हिमपात हुने भएकाले बालबालिका विद्यालयसम्म पुग्ने स्थिति नहुने बताउनुभयो ।

अत्यधिक चिसोका कारण त्यहाँका स्थानीयवासी सबै बन्दोबस्तीका सामानसहित घरमा ताल्चा लगाएर जाडो छल्न बेंशी झर्ने र बालबच्चा पनि सँगै लैजाने गरेपछि सम्पूर्ण विद्यालय छ महीनाका लागि बन्द हुँदै आएका छन् ।” शैक्षिक सत्र सकिएसँगै उपल्लो डोल्पाका २४ विद्यालयका करीब दुई हजार ९०० विद्यार्थी घरमै रहेका छन् ।

आर्थिक हैसियत मजबुत भएका विद्यार्थी काठमाडौँ जाने गर्दछन् । जाडोयामको सदुपयोग गर्दै उतै विषयगत ज्ञान लिने गरेको शिक्षक कठायतको भनाइ छ ।

कमजोर आर्थिक अवस्था भएका विद्यार्थी अभिभावकसँगै तल्लो डोल्पाका दुनै, त्रिपुराकोट, लिकु, पहाडालगायतका विभिन्न स्थानमा जाडो छल्न झर्ने गर्दछन् । चिसो मौसम सकिएर गर्मी शुरु भएपछि चैत अन्तिमतिर मात्रै शिक्षक विद्यार्थीको जमघट हुने गर्दछ । 

Post a Comment

0 Comments