Subscribe Us

सम्मेलनका लागि ट्राफिक जनशक्ति थप


काठमाडौँ, १३ मङ्सिर । महानगरीय ट्राफिक प्रहरी महाशाखाले एशिया प्रशान्त सम्मेलनलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा ट्राफिक जनशक्ति थप गरेको छ । 

महाशाखाले सम्मेलनमा आउने अतिविशिष्ट तथा विशिष्ट पाहुनाको आगमनलाई ध्यानमा राखेर देशभरका विभिन्न जिल्लाबाट १५० जनशक्ति थप गरेको हो । 

महाशाखाका प्रमुख वसन्तकुमार पन्तले अतिविशिष्ट र विशिष्ट व्यक्तिको सवारी आगमनलाई व्यवस्थित बनाउन जनशक्ति थप गरिएको जानकारी दिनुभयो । “उपत्यकाको ट्राफिक व्यवस्थापनले सम्मेलनको ट्राफिक व्यवस्थापन गर्न नसक्ने भएकाले बाहिरी जिल्लाबाट जनशक्ति मगाएका हौँ,” उहाँले भन्नुभयो । 

यस्तै महाशाखाले गृह मन्त्रालयको निर्देशनअनुसार उपत्यकामा चल्न सवारीसाधनमा मङ्सिर १३ देखि १६ गतेसम्म जोर बिजोर प्रणालीसमेत लागू गरेको छ । 

महाशाखाका अनुसार १३ र १५ गते बिजोर तथा १४ र १६ गते जोर नम्बरका सवारी साधन चल्न पाउनेछन् । अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारीसाधनमा भने जोर बिजोर प्रणाली लागू नहुने महाशाखाले जनाएको छ । 

Post a Comment

0 Comments