Subscribe Us

राजपाको नयाँ संयोजक महतो


काठमाडौँ, ५ मंसीर । राजेन्द्र महतो राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल अध्यक्ष मण्डलको संयोजक बनेका छन् ।

राजपाको मंगलबार बसेको बैठकले बुधबार देखि लागू हुने गरी राजेन्द्र महतोलाई पार्टीको संयोजकमा चयन गरेको हो ।

चक्रीय प्रणालीअनुसार ६ नेताले पालैपालो नेतृत्व सम्हाल्ने पार्टी विधानको व्यवस्था ढिलो कार्यान्वयन गर्दै आज बुधबारदेखि महतोले संयोजकके जिम्मेवारी पाएका हुन् ।

बैठकमा अध्यक्ष मण्डलका महेन्द्र राय यादवले संयोजकमा महताको नाम प्रस्ताव गरेका थिए । सबैको समर्थन पछि महतोको पक्षमा निर्णय भएको थियो ।

बैठकले ६ पार्टीबीच भएको एकीकरणको समयमा निर्वाचन आयोगमा बुझाएको केन्द्रीय समितिको सूचिलाई आधिकारिक मान्दै यसपछि पार्टी संगठनमा भएको सबै प्रकारको नियुक्ति र मनोनयनलाई रद्द गर्ने निर्णय पनि गरेको छ ।, यो खबर आजको नयाँ पत्रिकामा छ । 

Post a Comment

0 Comments