Subscribe Us

गृहमन्त्रीकै अगाडी किन बिष सेवन गरे भट्टराईले ?

काठमाडौं । दश बर्षे जनयुद्धका कारण आफ्नो जीवन बर्वाद भएको दाबी गर्दै एकजना पूर्वलडाकुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ कै अगाडी विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । 

बुधवार गृहमन्त्रीसँग केही काम भएको बताउँदै मन्त्रीको कार्यकक्षमा पुगेका पूर्वलडाकु ३२ वर्षीय कुलप्रसाद भट्टराईले दिउसो ४ बजेर १० मिनेट जाँदा गृहमन्त्री थापाकै कार्यकक्षमा विष सेवन गरी आत्महत्याको प्रयास गरेका हुन । 

आफ्नो समस्या राख्नुछ भन्दै गृहमन्त्रीको कार्यकक्षमा प्रबेश गरेका  भट्टराईले गृह मन्त्रीलाई आफू ठूलो मानसिक तनावमा रहेको र युद्धका कारण जीवन बर्वाद भएको दुखेसो पोख्दै गोजीबाट मेटासिट निकालेर सेवन गरेको उच्च स्रोतको दाबी छ ।

विष सेवन गरेका भट्टराईलाई  गृहमन्त्रीको निर्देशनमा तत्काल सुरक्षाकर्मीले नियन्त्रणमा लिएर अस्पताल पुर्याएको स्रोतले बताायो । बिष सेवनबाट असक्त भएका भट्टराईको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

Post a Comment

0 Comments