Subscribe Us

काठमाडौँमा टोले गुण्डाको जगजगी


काठमाडौं, ११ मंसीर । पछिल्लो समय राजधानीमा नाम चलेका गुण्डा नाईके र तिनका सदस्य गुमनाम छन् । कोही व्यापार व्यसायमा सक्रिय देखीएका छन् भने कोही विदेशिएका छन् । तर तिनै केही गुण्डा नाईके र सदस्यसँग कनेक्सनमा रहेका टोले गुण्डाहरू भने गुण्डागर्दीका सक्रिय रहेको प्रमाण फेला परेको छ । बालाजु र कोटेश्वर श्रेत्रमा अहिले पुनः गुण्डागर्दी सुरू भएको छ ।

स्थानीय व्यापारीलाई धम्क्याउँदै पैसा असुल्ने गिरोहको अहिले पुनः जन्म भएको छ । स्रोतकाअनुसार कोटेश्वर क्षेत्रमा अहिले पर्दा पछाडी बसेर उमेश गुरूङ भन्ने व्यक्तिले गुण्डागर्दी चलाई रहेका छन् । प्रहरी ईन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ उर्फ घैटेको सहयोगी गौशालाका प्रतिक श्रेष्ठ भन्ने प्रतीक हवल्दार र तरूण दलका नेता समेत रहेका पूर्व गुण्डा नाईके भिम गुरूङको साथ पाएपछि उमेशले दुई दर्जन केटाहरूलाई जुरो सिकाउने नामममा गुण्डागर्दीमा सक्रिय गराएको स्रोतको दाबी छ ।

गुरूङले मोनम घिसिङ, जङ्गे भन्ने बिबेक ठकुरी र सन्देश लामालाई अगाडी सारेर गुण्डागर्दीमा सक्रिय गराउन थालेका छन् । आफ्ना बाबु आमा युएनमा काम गर्ने हुँदा प्रहरीले आफूलाई केही गर्न नसक्ने भन्दै मोनमले सर्वसाधारणलाई थर्काउँदै आएका छन् । प्रहरीको संचारसेट समेत आफूले खोसेको उनी दाबी गर्दै प्रहरीले उसबेला पनि केही गर्न नसकेको ठमेलका साथीभाईलाई सुनाउने गर्छन् । केही समय अगाडी यहि समूहले भक्तपूरका अर्का गुण्डा नाईके दिपक थापालाई समते हतियार प्रहार गरेका थिए । गत साता यहि गिरोह एक दर्जन मोटरसाईकलमा खुकुरी तरवारसहित बौंद्धमा ग्याङ फाईट् खेल्न आएका थिए । तर दोस्रो पक्षसँग जम्काभेट नभएको कारण संभावित दुर्घटना टरेको थियो ।

यो गिरोह अहिले आफूले भनेको नमान्ने व्यक्तिलाई खुकुरी तरवार देखाएर तर्साउँछ । प्रायर्ः कोटेश्वरको भाटभटिने र माहादेबस्थानमा जक्सन जमाउँदै आएको यो गिरोहको बारेमा कोटेश्वर प्रहरी अनभिज्ञ छ । यस बिषयमा काठमाडौं परिसरका एसपी अशोक सिंहले भने ति अपराधिक गिरोहमाथि सुक्ष्म अनुसन्धान भईरहेको बताए । उता अपराध महाशाखाले ति अपराधिक गिरोहलाई निगरानीमा राखेको बताउँदै छिट्टै टोले गुण्डा र तिनलाई सञ्चालन गर्ने नाईकेमाथि अप्रेशन चलाउने महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जनप्रहारलाई बताए ।

यी मध्येका मोनम मध्येलाई दुई साताअघि कोटेश्वर प्रहरी प्रभागले गुन्डागर्दीको आरोपमा पक्राउ गरेको थियो । उनीहरूलाई परोक्ष रूपमा राजधानीका कुख्यात गुन्डानाइके मिलन गुरूङ चक्रेको पनि सहयोग रहेको स्रोतको दाबी छ ।

Post a Comment

0 Comments