Subscribe Us

प्रहरी श्रीमती संघद्धारा रसुवामा स्वास्थ्य शिविर


रसुवा, २८ कात्तिक । नेपाल प्रहरी श्रीमती संघ र नेपाल प्रहरी अस्पतालको संयुक्त तत्वावधानमा मंगलबार रसुवाको स्याफ्रुमा सञ्चालित एकदिने यौनजन्य हिंसा, मानव वेचबिखनविरूद्ध जनचेतना तथा स्वास्थ्य शिविर सम्पन्न भयो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती प्रमिला खनालले संघले बिभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको उल्लेख गर्दै समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अन्य जिल्लाहरूमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

कार्यक्रममा रसुवाका जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल, गोसाईकुण्ड गाउँपालिकाका प्रमुख काईसाङ नुर्वु तामाङ र समाजसेवी पेम्वा छिरिङले जनचेतनामूलक कार्यक्रम सम्बन्धी आ(आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।

स्वास्थ्य शिविरमा ३ सय ५९ जनाले डेन्टल, ओपिडि र गाईनो सम्बन्धी स्वास्थ्य परीक्षण गरी सेवा लिएका थिए ।

कार्यक्रममा नेपाली सेनाका प्रमुख सेनानी शितल बानियाँ, जिल्ला प्रहरी प्रमुख, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, नेपाल प्रहरी अस्पतालका प्रतिनिधिहरू, रसुवा जिल्लाका महिला सञ्जालका अध्यक्ष सुनिता गुरूङ, जिल्लास्थित राजनीतिकदलका प्रतिनिधिहरू, विद्यार्थीहरू लगायत स्थानीय बासिन्दाहरूको समेत उपस्थिती रहेको थियो ।

Post a Comment

0 Comments