Subscribe Us

नेविसंघ महामन्त्री काफ्ले खतरामुक्त


काठमाडौँ, ७ मङ्सिर । नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयाघात भएको छ । काफ्लेलाई आज बिहान ९ः४५ बजे हृदयाघात भएको हो ।

उहाँलाई बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्र सघन उपचार कक्ष ९सिसियु०मा राखेर उपचार भइरहेको नेविसङ्घका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिनुभयो ।

महामन्त्री काफ्लेको स्वास्थ्य अवस्थाभने अहिले खतरामुक्त रहेको अस्पतालले जनाएको छ । काफ्ले नेविसङ्घको एघारौँ महाधिवेशनबाट निर्वाचित महामन्त्री हुनुहुन्छ । 

Post a Comment

0 Comments