Subscribe Us

महर्षिमा प्रहरी–विद्यालय साझेदारी समिति गठन, प्राचार्य पौडेल बने संयोजक


काठमाडौँ, १२ मंसीर । महर्षि विद्यालय सामाखुशीमा प्रहरी–विद्यालय साझेदारी समिति गठन गरिएको छ ।

नेपाल प्रहरीले भर्खरै सुरु गरेको प्रहरी–समुदाय साझेदारी कार्यक्रमअन्तर्गत महर्षि विद्यालयमा पनि उक्त समिति गठन गरिएको हो ।

विद्यालयका प्राचार्य निर्मल पौडेलको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको हो । नयाँ गठन गरिएको समितिमा संयोजक, दुई शिक्षक, चार विद्यार्थी, दुई अभिभावक र एक प्रहरी सदस्य रहेका छन् ।

प्राचार्य पौडेलले समिति गठन भएसँगै विद्यार्थी, शिक्षक, अभिभावक र प्रहरीबिचको समन्वयकारी भूमिकामा सहज हुने बताउनुभयो ।

Post a Comment

0 Comments