Subscribe Us

नेविसङ्घले जिल्ला अधिवेशन गर्न प्रतिनिधि खटायो


काठमाडौँ, १६ मङ्सिर । नेपाल विद्यार्थी सङ्घले देशभर जिल्ला अधिवेशन सम्पन्न गर्न केन्द्रीय प्रतिनिधि खटाएको छ ।

नेविसङ्घले पुस २८ देखि ३० गतेसम्म हुने १२औँ महाधिवेशन सम्पन्न गर्नका लागि आज ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको हो । अध्यक्ष नैनसिंह महरले सङ्घको विधान र नियमावलीअनुसार सबै जिल्लामा निर्वाचन सम्पन्न गर्न केन्द्रबाट प्रतिनिधि खटाएको जानकारी दिनुभयो । “सङ्घको विधान र नियमावलीअनुसार काम नगर्ने प्रतिनिधिलाई कडा कारवाही गर्नेछौँ,”उहाँले भन्नुभयो ।

खटाइएको चार दिनभित्रमा तोकिएको जिल्ला पुगेर काम नगर्ने प्रतिनिधिको विकल्पमा अर्को पठाइने उहाँको भनाई छ ।

नेविसङ्घले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मङ्सिर २२ गतेभित्र देशभरका सबै माध्यामिक विद्यालय, मङ्सिर २५ भित्र स्थानीय गाउँ नगर, पुस ८ भित्र उपत्यकाभित्रका सबै क्याम्पस तथा विश्वविद्यालय, पुस १४ भित्र सबै जिल्ला र पुस २० भित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्ने रहेको छ । 

Post a Comment

0 Comments