Subscribe Us

इन्जिनियर्स एशोसियशनको नेतृत्वमा प्रधान समूहको उम्मेद्वारी


काठमाडौँ, २० मंसीर । नेपाल इन्जिनियर्स एशोसियशनको ३२ औँ केन्द्रीय कार्यकारिणी समितिमा प्राध्यापक इन्जिनियर हिरेन्द्रमान प्रधानको नेतृत्वमा उम्मेद्वारी घोषणा गरिएको छ ।

आगामी मंसीर २८ गते हुने निर्वाचनका लागि लामो समयदेखि इन्जिनीयरीङ पेशामा आवद्ध प्रधानको नेतृत्वमा लोकतान्त्रिक समूहको उम्मेद्वारी घोषणा गरिएको हो ।

समितिको उपाध्यक्षमा ई. चण्डिकाप्रसाद भट्ट, महासचिव ई. अभिमन्युलाल सिंह, उपमहासचिव ई. अशोककुमार शाह, कोषाध्यक्ष ई. अपिल केसी र सहकोषाध्यक्षमा ई. जानुका थापा उम्मेद्वारी दिँदै हुनुहुन्छ ।

यस्तै सदस्यहरुमा ई सागर श्रेष्ठ, ई. सुजन भट्ट, ई. प्रकाश बुढा, ई अनिल मानन्धर, ई सूर्यबहादुर पाण्डे, ई. राजेन्द्र दुलाल, ई. एभरेष्ट केसी, ई. ज्योतिमणि भट्टराई, ई. भेषराज पोखरेल, ई. उमेशप्रसाद चौधरी, ई. सुदर्शन भण्डारी र ई. दिनेश अर्याल हुनुहुन्छ ।

देशभरका करिब १८ हजार मतदाताले भाग लिने उक्त निर्वाचनमा केन्द्र तथा प्रदेशका लागि छुट्टाछुट्टै समिति चयन गर्नेछ ।



Post a Comment

0 Comments