Subscribe Us

सरकारले दुईतिहाइको दम्भ देखायो : नेता धिताल


काठमाडौँ, ५ पुस । नेपाली काँग्रेसका नेता विष्णुप्रसाद धितालले सरकारको कामकारबाहीका बारेमा महासमिति बैठकमा बृहद छलफल हुनुपर्ने बताउनुभएको छ ।

नेता धितालले सञ्चारकर्मीसँग कुरा गर्दे वर्तमान सरकार निरकुंश शैलीमा अगाडि बढेर उद्योगी, व्यवसायी, पत्रकार, अदालत सबै क्षेत्रमा तानाशाही प्रवृत्ति देखाएकाले यसको खिलापमा काँग्रेस लाग्नुपर्ने बताउनुभयो । “कम्युनिष्ट सरकार लोकतान्त्रिक हुन सक्दैन, यीनिहरुको प्रवृत्ति अझैसम्म पनि तानाशाही छ,”–उहाँले भन्नुभयो ।

नेता धितालले सरकारले दुई तिहाईको दम्भ देखाएर आगामी पाँच वर्षमा पनि निर्वाचन नगर्ने खेल अगाडि सारेको आरोप समेत लगाउनुभयो । “सरकारको यस्तो शैलीले आगामी पाँच वर्षमा निर्वाचन हुन्छ भनेर कसरी पत्याउने,”– नेता धितालले भन्नुभयो । कम्युनिष्टहरु संसदीय प्रक्रियामा आएपनि उनीहरुको शैली अझैसम्म पनि निरंकुश रहेको उहाँको भनाई छ ।

Post a Comment

0 Comments