Subscribe Us

ओरालो लाग्दै शेयर बजार, बजारप्रति लगानीकर्ता विश्वस्त हुन सकेनन्


काठमाडौं । विगत लामो समयदेखि ओरालो लाग्दै आएको शेयर बजार सोमबार पनि घट्ने क्रम रोकिएन । १ हजार २०० माथि पुगेको नेप्से परिसूचक पुनः घटेर सोमबार एक
हजार १०० बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७ दशमलव २६ विन्दुले घटेर एक हजार १८७ दशमलव २८ विन्दुमा पुगेको छ । 
अनलाइन प्रणाली सुरू भएपछि बढ्ने अनुमान गरिएको शेयर बजारमा खासै सुधार देखिएको छैन । अर्थ मन्त्री शेयरप्रति लचक भए पनि लगानीकर्ता भने विश्वस्त हुन नसकेको लगानीकर्ताहरू बताउँछन् । साना लगानीकर्तामा धैर्यता नहुँदा शेयर बजारमा उतारचढाब भइरहेको बताइन्छ ।

यस्तै वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ८४ विन्दुले घटेर २५२ दशमलव १७ विन्दुमा कायम भएको छ । साेमबार कूल १६७ कम्पनीको ११ लाख ७९ हजार ४३ कित्ता शेयर रु ४० करोड तीन लाख १२ हजार ३८५ मूल्यमा खरीद बिक्री भए । कारोवार रकमसमेत आइतबारको तुलनामा कम हो । स्टकका अनुसार सोमबार कारोवार भएका कूल दश उपसमूहमध्ये तीन उपसमूहको शेयर वृद्धि भएको छ । बढेको शेयर बजारमा जलविद्युत् ६ दशमलव ९५, वित्त एक दशमलव ३९ र उत्पादन सात दशमलव १३ विन्दुले बढेको छ ।

यस्तै बैंकिङ १४ दशमलव ९४, होटल १९ दशमलव २७, विकास बैंक १३, निर्जीवन बीमा १६० दशमलव २३, अन्य १० दशमलव ४८, लघुवित्त २३ दशमलव ५८, जीवन बीमा १५३ विन्दुले घटेको छ । घटेको बजारमा जेबिल्स फाइनान्स कम्पनी, साङ्ग्रिला डेभलपमेन्ट बैंक, कालिका पावर कम्पनी, अरुण कावेली पावर कम्पनीका शेयरधनीले आज कमाएका छन् । यस्तै महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, पूर्णिमा विकास बैंक, हिमालयन बैंक, जनता बैंक, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले बढी गुमाएका छन् ।

Post a Comment

0 Comments