Subscribe Us

दृश्यावलोकनको अर्को गन्तव्य काँहु


चिप्लेढुङ्गा, २१ मङ्सिर । प्रकृतिको अनुपम बरदान पाएको पर्यटकीय नगरी पोखराको उत्तरपूर्व स्थित काहुँ धरहरा अहिले आन्तरिक र बाह्य रोजाइको गन्तव्यको रूपमा विकास हुँदैछ । प्रचारप्रसारको अभावले गुमनाम जस्तै बनेको पछिल्लो समय आयोजना हुने मेला महोत्सव र सडकको विस्तारले यो डाँडामा आकर्षण बढेको हो ।

पोखरा महानगरपालिका–११ स्थित यस डाँडाबाट पोखरा महानगरपालिका भित्रका ३३ वटै वडासहित माछापुच्छ«्रे र अन्नपूर्ण हिमशृङ्खंलाका सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । समुन्द्री सतहदेखि १हाजर४४४ मिटरमा उचाइमा रहेको काँहुडाँडामा तत्कालीन अञ्चलाधिश नन्दबहादुर मल्ल र यस क्षेत्रका सामाजिक अभियन्ताका रुपमा परिचित स्व मेजर वीरसिंह गुरुङको सक्रियतामा निर्माण गरेको काहुँ धरहराले पछिल्लो समय पर्यटकलाई आकर्षित गरेको हो । तत्कालीन समयमा बाइसे चौबिसे राज्यका बेला यसलाई कोटका हिसाबले विकास गरिएको थियो ।

शहरबाट नजिक रहेको लालिगुराँस फुल्ने काहुँडाँडामा प्राचीन समय काउना खेती गरिने हुँदा काउनोबाट काहुँ हुँदै अपभ्रंश भएर काँहुडाँडा रहन गएको भनाइ छ ।

शहरदेखि नजिक र सुगम बस्ती भए पनि प्रचारप्रसारको अभावले ओझेलमा परेको यस क्षेत्रको विकास र प्रवद्र्धनमा पछिल्लो समय यस क्षेत्रका राजनीतिक दल, सङ्घ संस्था स्थानीय युवा क्लब, आमा समह, टोल विकासको सक्रियतार्ले अहिले एउटा पर्यटकीय गन्तब्यको रुपमा विकसित हुँदै गएको छ ।

करीब दुईहजार २०० घरधुरी र १५ हजार जनसङ्ख्या रहेको यस क्षेत्रमा सांस्कृतिक विविधताको समिश्रण पाइन्छ । ब्राम्हण, क्षेत्री, गुरुङ, मगर, र दलितहरुको बसोबास यहाँ रहेको छ । यस वडाका वडाध्यक्ष मोहनप्रसाद बाँस्तोला भन्नुहुन्छ, “काँहुडाँडाको विशेषता शहरको नजिकबाट सुन्दर पोखराको पुरै दृश्यवलोकन गर्न सकिन्छ । यति मात्रै होइन, लालिगुराँसको बोटमा चढेर माछापुच्छ्र«े र अन्नपूर्ण हिमशृङ्खलाका सुन्दर दृश्य कैद गर्न सकिन्छ ।” प्राकृतिक सुन्दरतामा रमाउन चाहने जो कोहीका लागि एउटा उत्कृष्ट र आकर्षक गन्तव्य हो काँहुडाँडा ।

उहाँ थप्नुहुन्छ, “यो क्षेत्रको विकासले पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्दै समृद्ध देश निर्माणको भूमिका खेल्न सक्छ । प्रदेशकै एक उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पूर्वाधार विकाससँगै वृहत प्रचारप्रसार खाँचो रहेको उहाँको भनाइ छ ।

ग्रामीण पर्यटनको विकास गर्दै पोखराकै एक दृश्यावलोकनको गन्तव्य निर्माण गरेर यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ब्यापक प्रचारप्रसार गर्न विभिन्न प्रचारात्मक गतिविधिमा जोड दिनुपर्ने वडाध्यक्ष बाँस्तोला बताउनुहुन्छ । शनिबार र विशेष गरी बिदाको दिनमा आन्तरिक पर्यटक काँहुडाँडा पुग्ने गर्छन् । बिदाका दिनमा चार÷पाँच सय व्यक्तिले काँहु धरहराबाट पोखरा महानगरको सुन्दर दृश्यावलोकन गर्न गरेको उहाँले बताउनुभयो ।

यस क्षेत्रको विकास र प्रचारप्रसारका लागि विसं २०६२ र २०६५ मा काहँु धरहरा महोत्सवसमेत सम्पन्न गरिसकिएको छ । अहिले २०७५ मङ्सिर २८ देखि पुस ८ सम्म तेस्रो काँहु धरहरा महोत्सवको आयोजनाको तयारी गरिएको छ । यो महोत्सवलाई व्यावसायिक नभई पर्यटकीय महोत्सवका रूपमा गरिएको महोत्सवका प्रचारप्रसार संयोजक एवं स्थानीय दामोदर आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “महोत्सवलाई नाफाघाटासँग तुलना नगरी सबैको साथ र सहयोगमा काँहु दृश्यावलोकन एक गन्तव्यको रुपमा स्थापित गर्ने हाम्रो उद्देश्य हो ।”

महोत्सव मूल आयोजक समितिका अध्यक्ष देवबहादुर गुरुङले काँहु धरहरा महोत्सवले यस क्षेत्रको विकाससँगै लोक संस्कृतिको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण, स्थानीय सामुदायिक वनमा रहेको जैविक विविधताको संरक्षणमा भूमिका खेल्ने बताउनुभयो । उहाँले यस क्षेत्रमा हुने आर्थिक क्रियाकलाप वृद्धिले जनस्तरको आर्थिक विकास गर्ने सहयोग पु¥याउने उहाँको भनाइ छ ।

Post a Comment

0 Comments