Subscribe Us

इन्जिनियर्स एशोसियशनमा प्रधान समूह बलियो (को को छन् उम्मेद्वार नामावलीसहित)


काठमाडौँ, २६ मंसीर । नेपाल इन्जिनियर्स एशोसियशनको ३२ औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि प्राध्यापक इन्जिनियर हिरेन्द्रमान प्रधानको समूह बलियो देखिएको छ ।

आगामी मंसीर २८ गते केन्द्रदेखि प्रदेशसम्म हुने निर्वाचनमा प्रधान समूह उम्मेद्वारी बलियो देखिएको हो । प्रधान समूहलाई मधेसी इन्जिनीयरीङ सोसाइटीले समेत साथ दिएको छ । लामो समयदेखि इन्जिनीयरीङ पेशामा आवद्ध रहेको समूह प्रधान समूहबाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

समितिको उपाध्यक्षमा ई. चण्डिकाप्रसाद भट्ट, महासचिव ई. अभिमन्युलाल सिंह, उपमहासचिव ई. अशोककुमार शाह, कोषाध्यक्ष ई. अपिल केसी र सहकोषाध्यक्षमा ई. जानुका थापा उम्मेद्वारी दिँदै हुनुहुन्छ ।

यस्तै सदस्यहरुमा ई सागर श्रेष्ठ, ई. सुजन भट्ट, ई. प्रकाश बुढा, ई अनिल मानन्धर, ई सूर्यबहादुर पाण्डे, ई. राजेन्द्र दुलाल, ई. एभरेष्ट केसी, ई. ज्योतिमणि भट्टराई, ई. भेषराज पोखरेल, ई. उमेशप्रसाद चौधरी, ई. सुदर्शन भण्डारी र ई. दिनेश अर्याल हुनुहुन्छ ।

यसैगरी नेपाल इन्जिनियर्स एशोसियशनको ३२ औँ केन्द्रीय कार्यकारिणी समिति प्रदेश–३ मा इन्जिनियर सुबासचन्द्र बरालको नेतृत्वमा उम्मेद्वारी घोषणा गरिएको छ ।

आगामी मंसीर २८ गते हुने निर्वाचनका लागि लामो समयदेखि इन्जिनीयरीङ पेशामा आवद्ध बरालको नेतृत्वमा लोकतान्त्रिक समूहको उम्मेद्वारी घोषणा गरिएको हो ।

समितिको उपसभापतिमा ई. श्यामकिशोर सिंह, सचिवमा ई. बिक्रम खतिवडा, सहसचिव ई. कुशल पौडेल, कोषाध्यक्ष ई. विप्लब घिमिरेले उम्मेद्वारी दिँदै हुनुहुन्छ ।

यस्तै सदस्यहरुमा ई. डा. कृष्णराज पाठक, ई. सन्तोष अर्याल, ई. विकास दाहाल, ई. निलकमल शाही, ई. रुपेश भट्ट, ई. सन्तोष पोखरेल, ई. मन्दिप दाहाल, ई. बोधराज दाहाल, ई. रामस्वरुप महासेठ, ई. दिपकबहादुर रावल र ई. हरिनारायण राय यादव हुनुहुन्छ ।

देशभरका करिब १८ हजार मतदाताले भाग लिने उक्त निर्वाचनमा केन्द्र तथा प्रदेशका लागि छुट्टाछुट्टै समिति चयन गर्नेछ ।



Post a Comment

0 Comments