Subscribe Us

शेयर बजार घट्यो


काठमाडौँ, २६ मङ्सिर । आइतबार र सोमबार उकालो लागेको शेयर बजार मंगलबार भने पुनः ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक तीन दशमलव शून्य आठ विन्दुले घटेर एक हजार १४१ दशमलव १० विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत आज शून्य दशमलव ७६ विन्दुले घटेको छ । कूल १६४ कम्पनीको १२ लाख ८६ हजार ५७५ कित्ता शेयर रु ३८ करोड ३२ लाख ९३ हजार १२० मूल्यमा खरीद बिक्री भएका छन् ।

स्टककाअनुसार कारोवार भएका दश उपसमुहमध्ये आज तीन उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । त्यसमा वित्त शून्य दशमलव एक सात, उत्पादन १३ दशमलव ८१, अन्य शून्य दशमलव ६२ विन्दुले बढेको छ । बैंकिङ दुई दशमलव ६८, होटल १४ दशमलव ६८, विकास बैंक एक दशमलव ९३, जलविद्युत् तीन दशमलव आठ, निर्जीवन बीमा २८ दशमलव नौ, लघुवित्त १० दशमलव २५ र जीवन बीमा २५ दशमलव ७३ विन्दुले घटेको छ ।

घटेको बजारमा गुह्येश्वरी मचेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, प्रोग्रेसिभ फाइनान्स, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, सेन्ट्रल फाइनान्स कम्पनीका शेयरधनीले कमाएका छन् । मन्जुश्री फाइनान्स कम्पनी, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, आरएमडिसि लघुवित्त वित्तीय संस्था, पञ्चकन्या माई हाइड्रो पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

Post a Comment

0 Comments