Subscribe Us

जिल्लाको पदाधिकारी महाधिवेशन प्रतिनिधी बनाउन काँग्रेस कोषाध्यक्षको माग


धादिङ, १५ मङ्सिर । नेपाली काङ्ग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेलाले पार्टीको विधान संशोधनको माग गरेका छन् ।

कोषाध्यक्षहरुको राष्ट्रिय समितिका अध्यक्ष गोविन्द पुडासैनीले आज धादिङबेँसीमा पत्रकार सम्मेलन गरी मङ्सिर १४ र १५ गते घाटबेसीमा सम्पन्न भेलाले विधान संशोधनको १३ प्रस्ताव र समसामयिक राजनीतिसम्बन्धी पाँच प्रस्तावबारे जानकारी दिनुभयो ।

भेलाले पार्टीका सबै तहमा सङ्कलन गरिएको शुल्कको ३० प्रतिशत रकम सोही तहमा आपतकालीन कोष निर्माण गरी राख्ने, पार्टीका सबै तहका पदाधिकारी एवं सदस्य र अनुशासन समिति निर्वाचनद्वारा नै चुनिने व्यवस्था गर्नुपर्ने माग गरेको काँग्रेस तनहुँ कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो ।

यस्तै जिल्ला कार्यसमितिका पदाधिकारी पदेन महाधिवेशन प्रतिनिधि हुनुपर्ने, एक व्यक्तिलाई एक पटक मात्र अवसर दिनुपर्ने, स्थानीय निर्वाचनमा गाउँपालिका तथा नगरपालिकासम्मको उम्मेदवार चयन गर्ने जिम्मा सम्बन्धित जिल्ला समितिलाई दिइनुपर्ने, उपमहानगर, महानगर र जिल्ला समन्वय समितिको उम्मेदवार चयन गर्ने अधिकार प्रदेश समितिलाई अधिकार दिनुपर्नेलगायतका माग भेलाले गरेको छ ।

Post a Comment

0 Comments