Subscribe Us

पुरानै ठगी धन्दामा शेर्पा,
जेलको बासले पनि सुध्रिएन छबी

काठमाडौं ।  ढेड बर्ष कैद भुक्तान गरी सात महिना अगाडी जेलबाट रिहा भएका खोटाङका लाक्पा तेम्बा शेर्पाले फेरी त्यहि धन्दा सुरु गरेका छन् । 

जापन र दक्षिण कोरिया पठाउने नाममा दर्जन व्यक्तिसँग लाखै रुपैंया ठगी गरेको अभियोगमा शेर्पालाई तत्काललिन समयमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो । 

त्यसबेला महाशाखाका प्रमुख हालका आईजीपी सर्बेन्द्र खनाल थिए । पर्यटक भिसामा जापान पुगेका चार जनाको भिसा सकिएपछि जापानको जेलमा नौ महिना सजाय काटेर नेपाल फर्किएका पीडितको जाहेरीको आधारमा शेर्पा पक्राउ परेका थिए । शेर्पाको पक्राउ पछि दर्जन पीडित प्रहरीकोमा उजुरी लिएर पुगेका थिए । 

उनि नेपालमा ठगी गरी जापान र जापनमा ठगी गरेर नेपालमा लुकुछिपी बस्दै आएका थिए । तत्कालिन समयमा शेर्पाले दक्षिण कोरियामा राम्रो कम्पनीमा काम लगाइदिन्छु भन्दै दोलखा श्यामाका साङ्गे शेर्पासहित चार जनाबाट रकम उठाएर जापान भागेका थिए। शेर्पाले पाँच जनाबाट ११ लाख ५० हजार रुपैयाँ लाग्ने भन्दै ४६ लाख रुपैयाँ लिई जापान फरार भएको प्रहरीको अनुसन्धाबाट खुलासा भएको थियो । 

जापान पुगेर पनि शेर्पाले नर्वु छिरिङ गुरुङमार्फत अन्य चार जनाबाट दक्षिण कोरिया नै पठाइदिन्छु भनी आठ लाख रुपैयाँ ठगी गरेका थिए। शेर्पाले  तत्कालिन समयमा रोयल स्टार ट्राभल्स प्रालिको नाममा काम गर्दै आएको थिए । 

गाइडको काम गर्ने शेर्पाले विदेशीहरुसँग सम्पर्क बढाई विदेशीहरुको स्पोन्सरमार्फत जापानको भिजिट भिसा लगाई जापान लगी अलपत्र बनाउदै ठगी धन्दा चलाएका थिए । दुई बर्षको जेल यात्र पश्चात पनि शेर्पाले उही गैरकानुनी पेशा अंगालेका छन् । समयमै सबन्धित निकायको ध्यान नजाने हो भने फेरी बिरोजगार घर न घाटको हुने संभाबना बढेको छ । 

Post a Comment

0 Comments