Subscribe Us

सिमेन्ट उद्योगमा आगलागी


लहान, ५ पुस । सिरहाको गोलबजार नगरपालिका–९ स्थित मारुती सिमेन्ट उद्योगमा आज आगलागी हुँदा करीब रु १० लाख मूल्य बराबरको क्षति भएको छ ।

उद्योगको क्लिङ्करको बेल्टमा घर्षण भई आगलागी हुँदा क्लिङ्कर बेल्ट, केमिकल लगायतका समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरी, फ्याक्ट्रीका कामदार र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको उद्योगका प्रबन्धक मनोज श्रेष्ठले जानकारी दिनुभयो । आगलागीबाट उक्त रकम बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । 

Post a Comment

0 Comments