Subscribe Us

खुुङखार डाँका लिम्बुुमाथि गोली प्रहार


काठमाडौँ, २१ मङ्सिर । महानगरीय अपराध महाशाखाले एक दर्जन डकैती मुुद्दामा फरार अभियुुक्तलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।

विशेष सुराकीको आधारमा लिम्बुुलाई पक्राउ गर्न गएको महाशाखाको टोलीलाई उल्टै पेस्तोल ताकेपछि जवाफी कारबाहीमा गोली प्रहार गरी लिम्बुुलाई नियन्त्रणमा लिएको हो ।

लिम्बुुले  केही समय अगाडि इटहरीमा रहेको आइएमईका कर्मचारीलाई पेस्तोल देखाएर रु तीन लाख लुुटेर फरार रहेका थिए । इटहरी नगरपालिका सुनसरीका राजन लिम्बुुलाई आज दिउँसो धोविखोला कालोपुलबाट एक गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।

महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले कर्तव्य ज्यान र डकैती मुद्दामा  फरार रहेका लिम्बुुलाई पक्राउ गर्न खोज्दा लिम्बुुले पेस्तोल तेर्साएर प्रहरीमाथि जाइ लागेपछि प्रहरीले एक राउण्ड गोली प्रहार गरी नियन्त्रण लिएको जानकारी दिए । 

लिम्बुुको अवस्था सामान्य रहेको र अहिले विर अस्पतालको ट्रमा सेन्टरमा  उनको उपचार भइरहेकोे छ । विभिन्न घटनामा संलग्न लिम्बुुको यसअघि महाशाखा र परिसरमा ६ वटा उजुरी परेको थियो । सो उजुुरीका आधारमा लिम्बुुलाई नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ । 

Post a Comment

0 Comments