Subscribe Us

ललितपुर प्याट्रियस फाइनलमा


काठमाडौँ, ४ पुस । काठमाडौँ किङ्ग्स–११ लाई अन्तिम बलमा पराजित गर्दै ललितपुर प्याट्रियस यहाँ जारी एभरेष्ट प्रिमियर लिग ९इपिएल० टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको पहिलो क्वालिफायरमा काठमाडौँ किङ्ग्स–११ लाई एक विकेटले पराजित गर्दै ललितपुर फाइनलमा पुगेको हो । ललितपुरको जितमा योगेन्द्रसिंह कार्की नायक बने । उनले तीन विकेट लिनुका साथै नटआउट २८ रनको योगदान गरे ।

काठमाडौँले दिएको १०९ रनको लक्ष्य ललितपुरले पूरै २० ओभरमा नौ विकेट गुमाएर पूरा ग¥यो । अन्तिम ओभरमा ललितपुरलाई जितका लागि नौ रन आवश्यक रहेको अवस्थामा योगेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै ललितपुरलाई जित दिलाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले १९ ओभर ५ बलमा अलआउट हुँदै १०८ रन जोडेको थियोे । काठमाडौँका लागि कप्तान रोहन मुस्तफाले सर्वाधिक ३२ रन जोडे । यस्तै सागर पुनले २९ र सिद्धान्त लोहनी १६ रनमा आउट भए ।

अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । काठमाडौंलाई १०८ रनमा समेट्ने क्रममा ललितपुरका पवन सरार्फ र योगेन्द्रले तीन÷तीन विकेट र सन्नी पटेलले दुई विकेट लिए । पराजित काठमाडौँले भने अब फाइनल प्रवेशको लागि इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । बुधबार हुने इलिमिनेटरमा भैरहवा ग्लाडियटर्स र चितवन टाइगरबीच खेल हुनेछ । 

Post a Comment

0 Comments